काठमाडौँ । चालु आर्थिक वर्षमा७७ करोड रुपैयाँको सेनिटरी प्याडआयात भएको छ ।
चालु आर्थिक वर्षको सात महिनामा ११ करोड वटा प्याड बराबर ७७ करोड रुपैयाँको आयात गरिएको हो । भन्सार विभागको तथ्यांकअनुसार ११ करोड ९३ लाख ७४ हजार २५३ गोटा प्याड आयात भएको हो ।
सो बराबर ७७ करोड ५२ लाख २६ हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षमा सो सेनिटरी प्याड आयातबाट सरकारले १४ करोड ५६ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपाले सो प्याड बंगलादेश, चीन, डेनमार्क, हङकङ लगायत मुलुकबाट आयात गर्दै आएको छ ।