नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल प्रहरीमा जनपद समूहमा हालै निस्किएको एसपीमा बढुवाको सिफारिसमा गठबन्धनमा रहेका दलहरूले भागबन्डा गरेर सुशासनको धज्जी उडाएको दाबी गरे।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले एसपी बढुवा सिफारिसमा सत्ता गठबन्धनका दलहरुबीच सिन्डिकेट भएको दाबी गरे। उनले प्रहरीका १२ जना डिएसपीबाट ८ जना एसपी बढुवामा सिफारिस निस्कँदा वरिष्ठतामा एक र ६ नम्बरमा रहेकालाई पाखा लगाएर सत्ता गठबन्धनका दलहरूले सिन्डिकेट लागु गर्दै आफू निकटहरूको सिफारिस गराएको दाबी गरेका छन ।