प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीमान श्रीमतीबीचको विवादका कारण नागरिक उन्मुक्ति पार्टी विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न पहल लिएका छन् ।
समाजवादी मोर्चाको कार्यक्रमअघि मंगलबार प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठसँग अलग अलग छलफल गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा दुवैजनालाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रञ्जितासँग छलफल गरेका छन् ।