सुनसरी । स्थानीय प्रशासनले सुनसरीका पाँच वटा पालिकामा लगाएको कर्फ्यु हटाएको छ । यद्यपी ति क्षेत्र भेला र जुलुस भने गर्न खुलाइएको छैन् ।
सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकासहित अन्य तीन पालिकामा लागेको कर्फ्यू हटेको हो ।
दुई समूहबीचको विवादले उग्र रुप लिएपछि गत शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । शनिबार भएको सर्वदलीय बैठकमा दुवै पक्ष साम्य हुने सहमति भए पनि प्रदर्शन भएपछि पुनः कर्फ्यू लगाइएको थियो ।