sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मैदान ओसिलो भएका कारण नेपाल र साउदी अरेबियाबीचको खेल शुरु हुन ढिलाइ

  • साझा परिवेश
  • बुधबार, बैशाख ५, २०८१ १३:0४
मैदान ओसिलो भएका कारण नेपाल र साउदी अरेबियाबीचको खेल शुरु हुन ढिलाइ

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ । ओमानको अल अमिरात (ग्राउन्ड–२) मा हुने खेल केहीबेरमा शुरु हुँदैछ । मैदान ओसिलो भएका कारण टस हुन ढिलाइ भएको छ । आजको खेल जितेमा समूह चरणमा अपराजित बन्दै नेपालले सेमिफाइनल खेल्नेछ ।

नेपाल यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । हिजो भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलेको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसिया र हङकङको समान २–२ अङ्क छ ।

आजको खेलमा नेपाललाई हराउन सके साउदी अरेबिया ४ अङ्कका साथ सेमिफाइनल खेल्ने सम्भावना छ । नेपालले यसअघिका खेलमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङलाई हराएको थियो भने मलेसिया र कतारसँग हारेको थियो । अहिले मलेसिया र हङकङ खेलिरहेका छन् । ४ अङ्कका साथ सेमिफाइनल खेल्न दुवै टोलीले फराकिलो जित निकाल्नुपर्छ ।

समूह ‘बी’ मा ओमान ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जितसहित ४ अङ्कका साथ दोस्रो स्थानमा छ । त्यस्तै यूएई ३ खेलमा २ मा जितसहित ४ अङ्कका साथ तेस्रो स्थानमा छ । बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अङ्क विहीन हुँदै पुछारमा छन् ।

आज दिउँसो सवा ४ बजे ओमानले कुवेत र यूएईले कम्बोडियासँग खेल्दैछन् । सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ५, २०८१ १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid