काठमाडौँ । मिडिया सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हुन् ।
सर्लाहीका इन्द्रजितप्रसाद महतोले सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको उजुरी जिल्ला प्रहरी कार्यालय, धनुषामा दर्ता गराएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डिएसपी रञ्जन अवाले अध्यक्ष सिरोहियाविरुद्ध उजुरी परेको बताउँदै छानबिन भइरहेको जानकारी दिएका छन् ।
‘उहाँविरुद्ध दोहोरो नागरिकता लिएकोसम्बन्धी कसुरमा हिजो जाहेरी दर्ता भएको छ । हामीले छानबिनको प्रक्रिया अघि बढाइसक्यौं,’ उनले भने ।