May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज

  • साझा परिवेश
  • बिहिबार, बैशाख २०, २०८१ 0७:४८
मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज

युवराज रेग्मी

बैशाख २०, झापा / नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका किर्तिमानी फुटबलरको अलावा मोफसलमा पनि फुटबल खेलप्रति युवाहरूको क्रेज उत्तिकै रहेको पाइन्छ ।

यसै परिप्रेक्षमा “लागुऔषध विरुद्ध हाम्रो अभियान , खेलकुदमा युवाको योगदान” नाराका साथ लागुपदार्थ तथा दुर्ब्यसन विरुद्ध युवाहरुलाई खेलकुदको माध्यमबाट सकारात्मक दिशातर्फ लगाब दिलाउन झापाको कमल गाउँपालिकामा यहि बैशाख १७ गते देखि प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन भैरहेको छ ।

कमल गाउँपालिका वडा न. १ र सोहि वडाको खेलकुद बिकास समितिद्वारा सम्युक्त रुपमा आयोजित वडास्तरीय वडाअध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता गाउँपालिकाको वडा न १ स्थित नरेन्द्र जनता माध्यमिक बिद्यालय सरङपाडाको खेल मैदानमा वैशाख १७ गतेदेखि सञ्चालित फुटबलको फाइनल बैशाख २२ गते सनिबार हुने आयोजकले जनाएको छ ।

कुल ७ वटा वडा रहेको कमल गाउँपालिकाका वडा मध्ये ६ वटा वडाबाट १ / १ टिम र आयोजक वडा न १ बाट दुई टिम गरि आठवटा टिमले प्रतियोगितामा सहभागिता जनाएकाछ्न ।
हिजो बुधबार भएको पहिलो सेमिफाइनल खेलमा वडा न. ३ ले वडा न. २ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तयगरेको छ ।

अत्याधिक गर्मिका बाबजुद सञ्चालन भएको खेलमा खेलाडि हरुलाई मैदानमा आफ्नो खेल कौशल प्रस्तुतगर्न हम्मे हम्मे परेको देखिन्थ्यो तथापी मोफसलमा बिरलै आयोजना हुने यस्ता किसिमका खेलमा युवाहरुको क्रेज भने अत्याधिक रहेको पाइन्छ ।

हिजो बुधबार भएको पहिलो सेमिफाइनल खेलको पहिलो हाफको अधिकांश समय वडा न २ का खेलाडीहरुले वडा न ३ माथी दर्जनौ प्रहारगर्दै खेल अबधीभर आफ्नो दबदबा कायम राखेका थिए ।
सारिरिक रुपमा अब्बल देखिएका वडा न ३ का खेलाडिहरुले खेलको पहिलो हाफमा वडा न २ विरुद्ध केही सामन्य प्रहारमात्र गर्न सफल भएका थिए ।

दोस्रो हाफको अन्तिम समयमा दुबै टिम आक्रमक रुपमा प्रस्तुत रहदा खेल थप रोमान्चक देखिएको थियो । दोस्रो हाफको निर्धारित समयसम्म गोलरहित बराबर रहदा ३ मिनेटको अतिरिक्त समयमा वडा न २ का खेलाडिले वडा न ३ को गोलपोस्टमा प्रहार गरेको आकर्षकक गोल क्रसबारमा ठोकिएर बाहिरिएको थियो । गोल गर्ने आफ्ना दर्जनौं प्रयास बिफलरहि निरास रहेको वडा न २ का खेलाडी विरुद्ध अन्ततः वडा न ३ तर्फका प्रतिस्थापन खेलाडिको रुपमा दोस्रोहाफमा मैदान प्रवेश गरेका जर्सी न ५ का खेलाडी आयुस छेत्रीले वडा न २ विरुद्ध आकर्षक गोलगर्दै वडा न ३ को टिमलाई फाइनल यात्रा तय गराउन सफल भए।

पहिलो सेमिफाइनल खेलको मेन अफ द म्याच वडा न २ का डम्बर लिम्बू घोषित भए , उनले नगद रु १५ सय हातपारे ।
आज बिहिबार हुने दोस्रो सेमिफाइनल खेल वडा न १ को( ख ) समूह र वडा न ६ बिच प्रतिस्पर्धा हुनेछ । उक्तखेलको बिजेता टिमले २२ गते सनिबार हुने फाइनल खेलमा हिजोको बिजेता वडा न ३ सग मैदानमा आमनेसामने गर्नेछ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलहेर्न पुगेका वडा न १ का वडा अध्यक्ष केदार कटुवालले यस्ता किसिमका युवा लक्षीत खेलकुद कार्यक्रम सञ्चालन गर्दा युवाहरु आफै आफ्नो सारिरिक सबलता तर्फ सचेत हुने र दुर्ब्यसन बाट टाढै रहने हुँदा समाजमा रहेका युवाहरु दुर्ब्यसनमा लाग्नबाट जोगिने बताए । युवाहरूलाई दुर्ब्यसन बाट जोगाउन नै आफ्नो वडाले उक्त फुटबल खेल आयोजना गरेको अध्यक्ष कटुवालले बताए ।

बैशाख १७ गते सुरु भएको प्रतियोगिताको उद्घाटन खेल वडा नं १ को (क) समूह र वडा नं २ बिचको भएको थियो । उद्घाटन खेलमा कमल २ ले कमल १( क) लाई सुन्यका बिरुद्द एक गोलगरि सेमिफाइनल प्रवेश गरेको थियो । उक्त खेल पालिका अध्यक्ष हुकुम सिंह राइले उद्घाटन गरेकाथिए।

प्रतियोगिताको विजेता टिमले नगद रु ४० हजार , ट्रफि र प्रमाणपत्र हातपार्नेछ । खेलको उपविजेता टिमलाई नगद रु २० हजार ,ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

विधागत पुरस्कार तर्फ बेस्ट गोलकिपर , म्यान अफ दि टुर्नामेन्ट र इमर्जिङ प्लेयरले जनही रु. ५/५ हजार प्राप्त गर्नेछन्। साथै प्रत्येक खेलको म्यान अफ द म्याचले रु १५ सय हातपार्ने छ्न । प्रतियोगिता संचालनका लागि कमल गाउँपालिकाको वडा न १ ले आफ्नो बजेट बाट रु २ लाख छुट्याएको अध्यक्ष कटुवालले जानकारी दिए ।

 

प्रतियोगिताको दोस्रो खेल वडा नं३ र वडा नं ७ बिच भएको थियो । उक्त खेल टाइब्रेकरमा कमल ३ ले कमल ७ लाई ४ का बिरुद्द ५ गोल गर्दै वडा नम्बर तिन दोस्रो चरणमा प्रवेशगरेको थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख २०, २०८१ 0७:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट