काठमाडौँ । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भएको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
खनालले जीबी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए । उनीबिरुद्ध विद्युतीय अपराधअन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।