July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ८, २०८१ ११:0९
सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल गर्न गठित कार्यदलको बैठक सुरू भएको छ ।

सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठकमा कानूनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी छन् ।

सोमबार नै कार्यदलको बैठक बसेर छलफल गर्ने तयारी भएपनि बैठक बस्न सकेको थिएन । मंगलबार बिहान फेरि बैठक बोलाइएका कारण आफूहरु छलफलमा सहभागी भएको र पुरानै अडान कायम रहेको कांग्रेस सहमहामन्त्री परियारले बताए । ‘हिजै बस्ने भनिएको थियो । तर हिजो उहाँहरुले नै बैठक स्थगित गर्नुभयो । फेरि आज बोलाउनुभयो,’ उनले भने, ‘हाम्रो अडान उही हो । उहाँहरुले भनेजस्तो सामान्य छानबिन समिति गठन गर्ने कुरा होइन । देशको गृहमन्त्रीले ठगी गरेको आरोप लागेको छ, त्यसकारण उहाँको नाम तोकेर नै छानबिन गर्ने हो ।’

सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबित समिति गठन गर्ने सहमति भएपनि त्यो समितिको कार्यादेशमा गृहमन्त्रीको नाम समावेश गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद छ । संसदीय समिति गठनका विषयमा सहमति नभए आज पनि कांग्रेसले संसद्का दुवै सदनको बैठकमा अवरोध गर्ने जनाएको छ । कांग्रेसले यही माग राखेर बजेट अधिवेशन सुरु भएयताका सबै बैठकहरुमा अवरोध गर्दै आएको छ । तर सोमबार भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षीको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ८, २०८१ ११:0९

प्रतिक्रिया

नेपाल अपडेट