September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय: प्रधानमन्त्री ओली

  • साझा परिवेश
  • बुधबार, साउन ९, २०८१ १६:४३
विमान दुर्घटना हृदयविदारक र अकल्पनीय: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन्।

सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री ओलीले प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका हुन्।

उनले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए। प्रधानमन्त्रीले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ्य लाभको कामना गरेका छन्।

उनले यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिए।

घटना कसरी भयो? मानवीय वा प्राविधिक कमजोरी भयो? भन्ने बुझ्न आग्रह गरे। ब्रिफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहित सहभागी थिए।

  • साझा परिवेश
  • बुधबार, साउन ९, २०८१ १६:४३

प्रतिक्रिया