काठमाडौं महानगरपालिकामा बजेट बिनियोजनको विषयले पुनः विवादको रुप लिएको छ।
वडाध्यक्षहरूले नेतासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका विभिन्न ट्रस्ट र फाउन्डेसनहरूलाई लाखौँ रुपैयाँको बजेट सिफारिस गरेपछि मेयर बालेन शाहले ती प्रस्ताव ठाडै अस्वीकार गरिदिएका छन्।
जननायक बी.पी. कोइराला स्मृति ट्रष्टलाई रु ५० लाख, मदन भण्डारी फाउन्डेसन र गणेशमान सिंह फाउन्डेसनलाई छुट्टाछुट्टै रु ४५ लाख,
किशुनजी अध्ययन केन्द्रलाई पनि रु ४५ लाख बजेट सिफारिस गरिएको थियो।
यस्तै, मनमोहन मेमोरियल क्रिकेट सेन्टर, मंगला देवी सिंह फाउन्डेसन, तारा देवी स्मृति फाउन्डेसन लगायत अन्य संस्थाहरूलाई समेत लाखौँ रुपैयाँको प्रस्ताव गरिएको थियो।
साहित्य, कला र समाजसेवामा योगदान गर्ने साना संस्थालाई भने सानोतिनो रकम मात्र सिफारिस भएको तर नेतासँग जोडिएका संस्थाहरूलाई प्राथमिकता दिइएको भन्दै बालेनले उक्त रकम रोकेका हुन् । तर बजेट रोकिएपछि यतिबेला सम्बन्धित वडाका वडाध्यक्षहरू अहिले बालेन सङ्ग रुष्ट भएका छन्।
केही समय अगाडि प्रशासकीय अधिकृतको लफडा पनि यसैको उपज हो भनेर पनि हेर्न थालिएको छ ।
बालेनले बजेट रोकेकै कारण अहिले धेरै जसो वडाका वडाध्यक्षहरूले बालेनलाइ कमजोर बनाउने प्रयास गरिरहेका छन् ।