May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

इक्वेडर र पेरुमा भूकम्पमा परी १४ जनाको मृत्यु

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ 0९:२७
इक्वेडर र पेरुमा भूकम्पमा परी १४ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी देश इक्वेडर र पेरुमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।

 

 

मृत्यु हुनेमा इक्वेडरमा १३ र पेरुमा एक जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समय अनुसार हिजो साँझ ५ बजे गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि धेरै शहरका भवनहरू क्षतिग्रस्त भएका छन्।

भूकम्पले भत्किएका घरमा केही मानिस फसेको आशंका गरिएको छ। भूकम्पको धक्का मनाबी, मान्ता र राजधानी क्विटोलगायत सहर र छिमेकी देश पेरुमा समेत परेको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको सबैभन्दा बढी प्रभाव तटीय क्षेत्र ग्वायासमा परेको छ। भूकम्पको केन्द्रविन्दु यहाँबाट ८० किलोमिटर टाढा रहेको ग्वायाकिल सहरमा रहेको छ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ 0९:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।