sweet bonanza
January 30, 2026 | शुक्रबार, माघ १८, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:0२
जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग

वीरगन्ज । आर्थिक रुपमा बिपन्न बर्गको लागी सरकारले जनता अवास योजना लागु गरेको छ । तर सरकारी अदुरदर्शिताको कारण जनता आवास योजना उद्देश्य प्राप्तिभन्दा पनि बजेट खपाउने योजना साबित भइरहेको छ , मध्य तराईमा । विगत ५ वर्ष अगाडिदेखि निर्धारण गरिएको बजेट रकमबाट भवन निर्माण गर्दा कमसल समग्रीले निर्माण भएका भवनबाट पर्साका दलितहरु खुशीभन्दा पनि बढी दुःखी हुने गरेका छन् ।

यो कार्यक्रम लागु भएकामध्ये एउटा हो– वीरगन्ज महानगरपालिकाको सिर्सिया गाउमा रहेको दलित वस्ती । यहाका दलितहरुको गृहसुखको लागी जनता आवास योजना लागु गरिएको थियो । तर एक बर्ष अगाडि लागु भएको यो योजनाबाट दलीतहरुलाई गृहसुख भन्दा पनि घरमै च्यापिएर मर्ने डरले सताउने थालेको छ ।तराईमा आउने हुरी बतासले छाना उडाउने र घरमै च्यापिने डरले दलितहरुलाई चिन्तीत बनाएको छ ।यो बस्तीमा निर्माण भएका घरहरुमा प्रयोग गरिएको कमसल सामग्रीका कारण निर्माणभएको घरहरुको अवस्था जर्जर देखिन्छ । जनता अवास कार्यक्रमले विपन्न बर्गको जिवन उकास्नु भन्दा पनि कार्यालयको लागी बजेट खपाउने र नेताको लागी भोट कमाउने माध्यम मात्रै साबित भएको छ । शौचालय बिनाको आवास त्यमा पनि कमशल सामग्रीबाट भवनहरु निर्माण गरिएको सिर्सियाका दलितहरुको गुनासो छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्जले मध्यतराईको बारा,पर्सा र रौतहटका प्रदेश सभासदस्यहरुको सयोजकत्वमा दलित बस्तीहरुमा भवनहरु निर्माण गरिरहेको छ । आर्थिक बर्ष २०७४/०७५ देखि ७८/०७९ सम्ममा तिनै जिल्लामा कूल ६ हजार भवनहरु जनता आवाश योजना अन्तर्गत निर्माण गर्ने लक्ष्य लिए थिइयो ।तर हाल सम्म ६० प्रतिशत भन्दा पनि कम ३ हजार ४ सय ४४ आवाश मात्र निर्माण भएका छन ।

कार्यालय प्रमुख मदन रायले पर्सामा १ हजार ७ सय ११ मध्ये १ हजार १ सय ९४, बारामा १ हजार ९ सय ३९ आवाश मध्ये १ हजार ५० र रौतहटमा २ हजार ३ सय ५० मध्ये १ हजार २ सय आवाश मात्र निर्माण हुन सकेको बताउनु भयो । निर्माण सामग्रीको मूल्य आकाशिएको र कार्यक्रम सुरु गर्दा ५ बर्ष अघिको इष्टिमेट अनुसार भवन निर्माण गर्नु पर्ने बाध्यता उनले सुनाए ।

आवाश निर्माणका लागि ३ लाख ५० हजार रुपैया बजेट आउने गरेपनि करकाटेर ३ लाख ३६ हजार रुपैया प्रतिघरलाई पर्ने गरेकोले हाल २ नम्बर इटा प्रयोग गरिनुको साथै सौचालय बिना भवनहरु निर्माण गरिएको कार्यालय प्रमुख रायको भनाइ छ ।

आर्थिक बर्ष २०७३/०७४ मा जनता आवाश कार्यक्रम सुरु हुदा यो कार्यक्रम संघिय सरकार मातहतको कार्यक्रमको रुपमा सन्चालनमा आएको थियो । मुलुक संघियतामा गएसंगै आव २०७५/०७६ बाट यो कार्यक्रम प्रदेश सरकार मातहतमा आएको छ ।तर प्रदेश सरकारको अदुरदर्शिताको कारण दलित बस्तीहरुमा भवन निर्माण गरिपनि त्यसको गुणस्तरियताले दलितहरुलाई चिन्तीत बनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid