May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

कोशीलाई हराउँदै एपीएफ बन्यो मेयर कप च्याम्पियन

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १३:२१
कोशीलाई हराउँदै एपीएफ बन्यो मेयर कप च्याम्पियन

काठमाडौं

सिता राना मगर र इन्दु बर्माको शानदार ब्याटिङप्रेरित एपीएफ क्लबले फाइनलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै ललितपुर मेयर कपको उपाधि जितेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले मात्रै एक विकेट गुमाएर एक सय ५४ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले ६ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो।

कोशीका लागि कप्तान रुबिना क्षेत्री ४१ बलमा चार चौकासहित सर्वाधिक ३५ रनको योगदान गरिन्। यस्तै, लकिता राजवंशीले अविजित २१ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

एपीएफका लागि विनु बुढाले सर्वाधिक दुई विकेट लिँदा नेरी थापा, सोनु खड्का र रेखा रावलले कोशी एक–एक ब्याटरलाई पेभेलियन फर्काए।

पहिलो इनिङमा एपीएफका लागि सिता र इन्दुले एक सय ३६ रनको साभेदारी गर्दै उत्कृष्ट ब्याटिङ गरे। सिताले ६८ बलमा ९ चौका र दुई छक्कासहित अविजित ७९ रनको इनिङ खेलिन्। यस्तै, इन्दुले ४१ बलमा पाँच चौका र एक छक्कासहित ५१ रनको अर्धशकीय इनिङ खेलिन्।

दुवै ब्याटर अविजित रहँदा त्यसअघि विकेटकिपर–ब्याटर ज्योति पाण्डे दुई रन जोडेर आउट भएकी थिइन्।

कोशीकी अलिशा खडियाले एक विकेट लिनुबाहेक अन्य बलर विकेटविहीन रहे।

विभागीय टिम एपीएफ लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो भने कोशीले दोस्रो स्थानमा रहेर उपाधि भिडन्तमा स्थान बनाएको थियो।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट