April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ 

उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गरौं : ओली

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ ११:२५
उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गरौं : ओली

काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका हुन्।

‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो। उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु।’ बिहीबार सामाजिक सञ्जालमार्फत युवामय उपचुनाव भएको उल्लेख गर्दै ओलीले भनेका छन्,‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन।’

ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन्। उनले चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई शुभकामना समेत दिएका छन्। बारा–२, तनहुँ–१, चितवन–२ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट