May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

आमा र बच्चाको मृत्युपछि तनावग्रस्त बन्याे मालाखेती अस्पतालमा

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १६:0४
आमा र बच्चाको मृत्युपछि तनावग्रस्त बन्याे मालाखेती अस्पतालमा

धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित मालाखेती अस्पतालमा आमा र बच्चाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । गोदावरी नगरपालिका वडा नं. २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र उनको पेटमा भएको बच्चाको मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।

आइतबार उनलाई सुत्केरीको लागि अस्पताल गरिएको थियो । डाक्टरहरूको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानीयहरूले विरोध गरेपछि अस्पतालमा तनाव सिर्जना भएको हो । स्थानीयले सोमबार बिहानदेखि अस्पतालको सेवा प्रवाह ठप्प पार्दै लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारबाहीको माग गरेका छन् ।

चैत १८ गते सुत्केरी मिति भए पनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताइन् । उनले नर्मल छ भन्दै उपचारमा डाक्टरहरूले चासो नदिएको आरोप लगाइन् ।

अस्पतालका प्रमुख डाक्टर अन्वेश कोइरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन् । उनले बिरामीको अन्य सबै कुरा नर्मल भएको तर बिहान अचानक नै उक्त समस्या आएको बताए । आफूहरूले सक्दो मेहनत गरेको तर उक्त समस्या अचानक आएकाले नै बिरामीको मृत्यु भएको उनको भनाइ छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट