May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

सुडानमा ५० मारिए, ६०० जना घाइते

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:२९
सुडानमा ५० मारिए, ६०० जना घाइते

काठमाडौं । सुडानमा सेना र अर्धसैनिक बल (आरएसएफ) बीच जारी लडाइँमा ५० जनाभन्दा धेरै सर्वसाधारण मारिएको र ६०० जना घाइते भएको बीबीसीले जनाएको छ ।

राजधानी खार्तुममा राष्ट्रपतिको कार्यालय, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण भएको छ । यो लडाइँमा १७ सर्वसाधारणसहित २५ जनाको मृत्यु भएको छ । अन्य डार्फर क्षेत्र लगायतमा पनि लडाइँ जारी छ ।
अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)ले राष्ट्रपति भवन, सेना प्रमुखको निवास र तीन वटा विमानस्थल नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले त्यसलाई अस्वीकार गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सुडानमा गृहयुद्धको जस्तो अवस्था छ । स्थिति बिग्रिंदै गएपछि सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएका छन् । केही विमानस्थलमा आगलागी भएको छ । शहरका घर–घरमा गोली चलेको र विष्फोटको आवाज सुनिएको छ ।
देशमा प्यारामिलिट्री ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई सेनामा समायोजन गर्नुपर्ने माग सम्बन्धी विवाद नै लडाइँको कारण हो । यो माग सेनाले अस्वीकार गर्दै आएको छ ।

अक्टोबर २०२१ को विऽोहपछि सुडानको राज्य सञ्चालन सैनिक जनरलहरुको सार्वभौम परिषद्ले गर्दै आएको छ ।

परिषद्को प्रमुख सेनाको जनरल अब्देल फतह अल बुरहान छन् भने आरएसएफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगलोको अधीनमा छ ।

नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई अब सेनामा समायोजन गर्ने समय तालिका बनाएको छ ।
सेनाले २ वर्षभित्र समायोजन गरिसक्न चाहेको छ, तर आरएसएफले यो समयलाई १० वर्षसम्म राख्न चाहेको छ ।

यही विवादका क्रममा आरएसएफले मेरोवेमा सैन्य आधार शिविर नजिकै आफ्नो फौज तैनाथ गरेको थियो ।

प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो सेकेण्ड इन कमाण्डसँग सम्वाद गर्न आफू तयार रहेको जनरल बुरहानले बताएको बीबीसीले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट