sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपाध्यक्षकै कीर्ते हस्ताक्षर गरेर भुक्तानी !

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १७:३२
उपाध्यक्षकै कीर्ते हस्ताक्षर गरेर भुक्तानी !

डोटी । डोटीको सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाएकी छन् ।

गाउँपालिकामा निर्माण भइरहेको १० शय्याको अस्पतालको फिल्ड निर्माण कार्यको भुक्तानी दिँदा आफ्नो कीर्ते हस्ताक्षर गरिएको उपाध्यक्ष ओलीले बताइन् । ‘अस्पतालको फिल्ड निर्माणको काम सम्पन्न भएको भनी तयार गरिएको प्रतिवेदनमा मेरो नक्कली हस्ताक्षर गरिएको रहेछ’ उनले भनिन्, ‘मलाई यस बिषयमा कुनै जानकारी नै छैन ।’

आफूले सो बिषयमा गाउँ कार्यपालिकामा समेत कुरा उठाएको र कार्यपालिकाले छानबिन गर्ने निर्णय गरेको उपाध्यक्ष ओलीले बताइन् । ‘कहिले भुक्तानी दिइयो, कति भुक्तानी दिइयो, कसले अनुगमन ग¥यो भन्ने मलाई थाहा छैन’ गाउँपालिकाको अनुगमन तथा सुपरीपेक्षण समितिका संयोजक समेत रहेकी उपाध्यक्ष ओलीले भनिन् ‘मेरो कीर्ते हस्ताक्षर भएको छ, यस बिषयमा छानबिन हुनुपर्छ भन्ने मेरो माग हो ।’ उनले कीर्ते हस्ताक्षर गरेर रकम भुक्तानी भएकोमा आफ्नो कुनै गल्ती नभएको र सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्ट अस्पताल निर्माण कार्य सम्पन्न भएको भनी कार्यालयमा पेश भएको अनुगमन प्रतिवेदनमा प्रयोग भएको आफ्नो हस्ताक्षर नक्कली भएको उपाध्यक्षले दावी गरेको बताए ।

‘उहाँले त्यो हस्ताक्षर मेरो होइन, यस बिषयमा छानबिन हुनुपर्छ भन्नुभएको छ’ प्रमुख प्रशासकीय अधिकृत भट्ट भन्छन् ‘प्रतिवेदनमा उहाँको पनि हस्ताक्षर देखिन्छ, तर उहाँकै हो कि नक्कली हो भन्ने कुरा छानबिन गरेपछि बाहिर आउँछ ।’

भट्टले अनुगमन समितिबाट प्रतिवेदन आएपछि २०७९ साल असार २५ गते उपभोक्ता समितिको खातामा जम्मा हुने गरी ८ लाख रुपैयाँ भुक्तानी भएको जानकारी दिए ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १७:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid