April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

अपहरण गरी चार लाख फिरौती माग्ने दुई जना पक्राउ

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:४८
अपहरण गरी चार लाख फिरौती माग्ने दुई जना पक्राउ

वीरगञ्ज । घर बनाउन बोलाएर अपहरण गरी फिरौतीको लागि चार लाख माग्ने दुई जना रौतहटबाट पक्राउ परेका छन्। प्रहरीले अपहरण गरि फिरौती माग्ने रौतहट राजदेवी नगरपालिका– ६ मोहनपुर बस्ने २१ ब्र्षिय राजा भन्ने राजाबाबु पटेल र दीपेश भन्ने मन्त्रीबाबु रायलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुले परोहा नगरपालिका–३ तेजापाकड वस्ने ३० बर्षिय राज कुमार महतो भन्ने हिरामन महतोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरा स्थित रक्सी भट्टी पसलमा लगि ८/९ जना मिलेर गत बैशाख ९ गते अपहरण गरेका थिए।

महतोलाई अपहरण गरि कोठा भित्र बन्धक बनाई पेस्तोल देखाई कुटपिट गर्दै अपहरणकारीहरुले पिडितको घरमा फोन गरि फिरौती वापत चार लाख रुपैया माग गरेको प्रहरीले जनाएको छ। अपहरणमा परेका महतोलाई सर्लाहीको बलरा बाट भारत तर्फ लैजान लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बलरा नगरपालिका–३ स्थित नेपाल भारतको सीमाबाट अपहरणकारीमध्ये दुई जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए।

पीडितको उद्धार गरिएको तथा पक्राउ परेका दुबै जनालाई अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उधोग मुद्दा दर्ता गरी अदालतबाट म्याद गराई कारवाही प्रक्रिया अघि बढाइएको एसपी मगरले बताए ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट