May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

जुवा खेल्दा ऋण लागेपछि विनोद विक लुटपाटमा संलग्न भएको खुलासा : नीरा हत्या प्रकरण

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० 0७:५५
जुवा खेल्दा ऋण लागेपछि विनोद विक लुटपाटमा संलग्न भएको खुलासा : नीरा हत्या प्रकरण

काठमाडौँ। अभिषेक दवाडी ।।

काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ ।

प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिन अन्य कारण खुल्न सक्ने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनको हत्या गरेको आरोपमा शनिबार झापामा पक्राउ परेका विनोद विकलाई प्रहरीको केन्द्रीय अनु्सन्धान ब्यूरोले आज सार्वजनिक पनि गरेको छ । उनी झापा मेचीनगर नगरपालिका–१० घर भइ भक्तपुर नगरपालिका-१ लोकन्थली डेरा गरी बस्दै आएका थिए ।

उनले आफूले नै हत्या गरेको बयान दिएको सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार लुटपाटका क्रममा उनले प्रतिकार गरेपछि भाँडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेका थिए ।

नीरा एक दशक अघिदेखि काठमाडौँ महानगरपालिका–६ सरस्वती नगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर सञ्चालन गर्दै आउनुभएको थियो । प्रहरीले दिएको जानकारीअनुसार सुरुमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेको र पछि काठमाडौँमा बाउन्सरको रुपमा जागिर गरेका थिए । जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेका थिए ।

घटना घटाएर झण्डै एक हप्ता उनी भक्तपुरको लोकन्थलीमा लुकेर बसेका र त्यसपछि झापा गएका पनि प्रहरीले जनाएको छ । उनले घटना घटाएर निराको सुनको सिक्री र काउन्टरमा भएको पैसा लिएर गएका थिए । त्यो सिक्री काठमाडौँको तारकेश्वरस्थित पाथिभरा सुनचाँदी पसलमा धरौटी छाडेर ५५ हजार पैसा लिएर गएको पनि खुलेको छ । हत्याका बेला लगाएको कपडा, जुत्ता तथा झोलासमेत प्रहरीले बरामद गरेको छ ।

उक्त हत्याको अनुसन्धानमा सुरुमा जिल्ला प्रहरी परिसर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरेको थियो । तर त्यो अनुसन्धान निष्कर्षमा पुग्न नसकेपछि सिआइवीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)  किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरको समिति गठन गरिएको थियो ।

समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत सहभागि हुनुहुन्थ्यो ।

हत्याको दिन पसलमा सामान किन्न भनेर उनी पसलमा पसेका थिए । कुरा गर्न खोज्दा अरु मान्छे पनि आएपछि एटिएमबाट पैसा भिकेर आउँछु भनेर निस्किएका सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा बताउनुहुन्छ । दोस्रो पटक एक्लै भएको मौका पारेर उनले घटना घटाएका थिए ।

वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरीरका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो । गम्भीर अवस्थामा फेला परेकी उनलाई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बागलुङ घर भएकी उनी त्यहाँ भाडामा भाँडा पसल गर्दै आउनुभएको थियो । केही मिनेटको दुरीमा रहेको उनको कोठाको तल्लो सटरमा श्रीमान्को इलेक्ट्रिोनिक्स पसल समेत रहेको छ ।

त्यसदिन महिला पसलमै एक्लै रहेकी हुनुहुन्थ्यो । भाँडा पसलको पछाडि काउन्टर थियो । प्राय पसलमा ग्राहक नआएका बेला उहाँ त्यतै बस्नुहुन्थ्यो । त्यही बेला उहाँमाथि आक्रमण भएको थियो । पछाडि भएकाले वरपर घटनाबारे थाहा हुन सकेन । सिसी क्यामरा नभएकाले प्रहरीलाई अनुसन्धान गर्न समेत हम्मेहम्मे परेको थियो । पछि वरपरका सिसी क्यामरा हेरेर अध्ययन गरिएको थियो ।

घटना पछि एक जना महिला भाँडा किनेको उधारो तिर्न आउनुभएको थियो । पसलमा उहाँ हुनुहुन्थेन । त्यसपछि नीराको श्रीमानलाई फोन गरेर कोही छैन दोकानमा भन्नुभयो । श्रीमानले पछाडी काउन्टर छ, त्यतै तिर होलिन् भित्र गएर हेर्नु न भनेर जवाफ दिनुभएको थियो ।

भित्र काउन्टर नजिक गएर हेर्दा उनी रक्ताम्मे भएर ढलिरहेकी दखेपछि उहाँले नै प्रहरीमा खबर गर्नुभएको थियो । घटना भएको केही घण्टा अघि उनले लामखुट्टे नियन्त्रण गर्ने व्याटको सामाजिक सञ्जालमा प्रचार गरेको पाइएकाले घटनामा पारिवारिक कारण नभएको प्रहरीले यसअघि नै निष्कर्ष निकालेको थियो ।

यसअघि घटनाका दोषीलाई पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै स्थानीयले घटनास्थलमा प्रदर्शनसमेत गरेका थिए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० 0७:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट