May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली

विद्यालयमा अनुगमन जारी, कक्षा ५ मुनीका विधार्थी निकै कम्जोर रहेको निशकर्ष

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० २0:२९
विद्यालयमा अनुगमन जारी, कक्षा ५ मुनीका विधार्थी निकै कम्जोर रहेको निशकर्ष

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाले अनुगमन जारी राखेको छ । महासंघको टोलीले बुधबार इनरुवा १ को भगवती मावि, इनरुवा ८ को त्रिभुवन मावि अर्ता डुम्राहा, सरस्वती आधारभुत विद्यालय र बीपी आधारभुत विद्यालयको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आधारभुत तहका कक्षा ५ मुनीका विधार्थीहरुमा अक्षर चिन्न नै समस्या रहेको पाइएको र शिक्षकहरुमा जागरुकताको कमी रहेको पाइएको महासंघ उपाध्यक्ष विश्वनाथ ओझाले जानकारी दिनभयो ।
शैक्षिक सत्र सुरु भएको तेस्रो हप्तासम्म सबै किताव नपाएको अवस्था र कक्षा ५ सम्मका विधार्थीहरु ६० प्रतिसतमा लेख्न र अक्षर चिन्ने वा पढ्ने समस्या रहेको पाइएकाले महासंघले तत्काल कक्षाहरुमा सुधार गर्नका लागि आग्रह गरिएको ओझाले बताउनुभयो । नगरक्षेत्रका ३० सामुदायिक विद्यलाय रहेकोमा हालसम्म १४ विद्यालयको अनुगमन गर्दा अधिकाशंमा पढ्ने समस्या देखिएको र कतै पुस्तक समयमा नपुगेको बाहानामा पढाई प्रभावित भएको अनुगमनका क्रममा पाइएकाले सुधारका लागि आग्रह गरिएको वहाँले बताउनुभयो । इनरुवा नगरपालिकाको मुटुमा रहेको भगवती माध्यमिक विद्यालयमा समेत शैक्षिक गुणस्तर निरासाजनक रहेको पाइएको र शिक्षकहरुमा अनुशासनको कमी देखिएको महासंघका उपसचिव निर्मण सिंह खबासले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाका इनरुवा अध्यक्ष जयकृष्ण यादव, सदस्य सत्य नारायण शर्मा सहितको टोलीले बुधबार चोथौदिन गरिएको विद्यालयहरुमा अनुगमनमा कक्षाकोठामा बसाई व्यवस्थापन, अक्षर चिनाउने प्रयास र खाजा समेतमा सुधारको आवश्यकता रहेको पाइएको औल्याएको छ ।

अध्यक्ष यादवले अनुगमनका क्रममा बुधबार मात्रै विद्यालयका प्रधानाध्यापक चारवटा र शिक्षकहरुसंघ छलफल र अन्तरवार्ता सहित शैक्षिक सुधारका लागि शिक्षहरुलाई पूर्ण जिम्मेबार भएर पठनपाठन गर्न आग्रह गर्नुहुदै बार्षिक कार्ययोजना बनाउन, पारदर्शिताको अभ्यास गर्न, सामाजिक परीक्षणका कार्यक्रमहरु गर्न र विधार्थीहरुलाई कक्षामा ल्याउन, टिकाउन र सिकाउनका लागि शिक्षाको सबै सुत्र प्रयोग गर्न आग्रह गर्नुभयो । अनुगमनका क्रममा दिएको सुझाव र गरिएको आग्रहलाई शिक्षक तथा प्रधानाध्यापकहरुले सकारात्मक रुपमा लिएको यादवले बताउनुभयो । शिक्षक र प्रअहरुले समेत आफ्नो समस्याहरु सुनाएका थिए भने केही लिखित रुपमा महासंघ र नगरपालिकालाई बुझाउने बताएका थिए ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० २0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।