May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला

कार्यालय प्रमुख हाजिरी भएकै दिन सरुवा

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:४६
कार्यालय प्रमुख हाजिरी भएकै दिन सरुवा

सर्लाही । मधेश प्रदेशको सर्लाही जिल्लास्थित एक स्थानीय तहका कार्यालय प्रमुख हाजिरी भएकै दिन सरुवा पाएका छन् ।

सर्लाहीको हरिपूर्वा नगरपालिकामा हाजिर भएकै दिन एकजना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो ।गत आइतबार मात्रै कार्यालयमा हाजिर भएका शम्भुप्रसाद यादवको हाजिर भएकै दिन सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख १४ गते चलानी नम्बर १६९५ को पत्र अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कार्यरत शाखा अधिकृत यादवलाई हरिपूर्वाको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाइएको उल्लेख छ । यादव फेरि सोही स्थानमा यथावत रहने गरी आइतबार चलानी नम्बर १७०७ बाट परिपत्र पठाइएको छ ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा विकास निर्माण र प्रशासनिक कामहरु महिनौंदेखि ठप्प परेका छन् । एक महिना धाएर नगरप्रमुख विनोद साहले यादवलाई हरि पूर्वामा प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएका थिए । हरिपूर्वा नगरपालिकाको मेयरमा कांग्रेसबाट निर्वाचित विनोद साहसंग बहुमत छैन ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।