May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

रघुजी पन्त : सांसदको प्रश्न कसरी आउट भयो ?

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १६:२३
रघुजी पन्त : सांसदको प्रश्न कसरी आउट भयो ?

काठमाडौं । सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएको प्रश्नहरु प्रतिनिधि सभा बैठक अगावै बाहिरिएकोमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि जनाएका छन् ।

बिहीवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधि सभा नियमावली अनुसार ३ दिन अगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरु बिहीवार बिहानै सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए। प्रश्नहरु आउट भएकोमा सांसद पन्तले प्रतिनिधि सभा बैठकमै असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘यो प्रश्न कसले आउट गर्यो ? अरु सांसदहरुको प्रश्न कसले आउट गर्यो  ? यो संसदभित्र प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने विशेषाधिकार सांसदको मात्रै हो । सांसदले त्यो प्रश्न नसोध्दै ति प्रश्नहरु अखबार र सञ्चार माध्यमहरुमा आउनु उपयुक्त हुँदैन।’

उनले प्रश्न कसले आउट गरेको हो भनि प्रश्न समेत गरे । उनले संसदभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेषअधिकार सांसदहरुको मात्रै भएको उल्लेख गर्दै सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चार माध्यमहरुमा आउनु अनुपयुक्त भएको बताए ।

उनले भने, ‘मैले बुझेसम्म यस्ता विषयहरु संसदको, सांसदको विशेषाधिकारसँग सम्बन्धित कुरा हुन् । यो जहाँबाट गएको भएपनि म यसलाई ठूलो इस्यु बनाउन चाहान्न । तर आइन्दा यहाँ प्रश्न सोध्नुभन्दा अगाडि सांसदले सोधिने प्रश्नहरु आउट हुनु हुँदैन । हाइस्कुलको प्रश्न आउट भएपनि, कलेजको प्रश्न आउट भएपनि, संसदको प्रश्न आउट भएपनि त्यो राम्रो मानिदैन।’

उनले आगामी दिनमा यसरी प्रश्नहरु आउट नगर्न ध्यानाकर्षण समेत गराए ।

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट