May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:२४
स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद

बैतडी ।  बैतडीको दोगडाकेदार गाउँपालिकाले नियमविपरीत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ तलब खुवाई आर्थिक अनियमितता गरेको पाइएको छ।

महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले नियमविपरीत स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ खर्च गर्दै आएको जनाएको छ।

प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिएको भन्दा अन्य पदमा कर्मचारी भर्ना गर्न नपाउने भए पनि अध्यक्षको स्वकीयलाई मासिक १८ हजार रुपियाँ र उपाध्यक्षको स्वकीयलाई मासिक १५ हजार रुपियाँ तलब दिएर वार्षिक तीन लाख ४८ हजार रुपियाँ अनियमितता भएको जनाएको छ।

२० लाखको औषधी खरिद

महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले आव २०७८/७९ मा खरिद ऐनविपरीत २० लाख ९९ हजार रुपियाँको औषधी खदिर गरे पनि उक्त औषधी विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित नभएको, मूल्य सूची, उत्पादन मिति र समाप्त मितिसमेत नभएको टिप्पणी गरेको छ।

औषधीका विषयमा दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धानुकले महालेखाले औषधी नहेरी टिप्पणी गरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “महालेखाले औषधी हेरेकै छैन। हामीले विभिन्न मितिमा पालिकालाई आवश्यक पर्ने औषधी खरिद गरेका छौँ।”

डोजर थन्क्याएर ११ लाख मर्मत खर्च

दोगडाकेदार गाउँपालिकाले करोडौँ रुपियाँ खर्च गरेर खरिद गरेको डोजर, टिप्पर र एस्काभेटर थन्क्याएर पनि वार्षिक ११ लाख ९६ हजार रुपियाँ मर्मत खर्च गरेको पाइएको छ।

गाउँपालिकाले आवश्यक मेसिन औजार खरिद गरेर पनि प्रयोग नगरेको तर मर्मतका नाममा वर्षिक ११ लाख ९४ हजार ५७५ रुपियाँ खर्च गरेको पाइएको महालेखाले जनाएको छ। महालेखाले सरकारी सम्पतिको प्रयोग नभएको टिप्पणी गरेको छ।

सो विषयमा दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धानुकले पालिकाका योजनाबाट रकम काटेर दिने गरेका कारण डोजरको आम्दानीमा उल्लेख नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “विभिन्न सडक योजनामा पालिकाको मेसिन लगाएको तर मेसिनको भाडाबापत योजनामै रकम घटाएर दिएका कारण आम्दानी कम देखिएको हो।”

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।