April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

वानएक्स बेटमा सक्रिय कलाकारहरु पक्राउ

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १४:३0
वानएक्स बेटमा सक्रिय कलाकारहरु पक्राउ

काठमाडौं ।।

  • कलाकारसहित पाँचजना यूट्युबर पक्राउ
  • कलाकार बल्छी ध्रुबे, राजु मास्टर, पवन खतिवडा (म्याकुरी) सहित पाँचजना यूट्युवर पक्राउ
  • नेपालमा सट्टेबाजी कानुनविपरीत मानिन्छ
  • एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो
  • उनीहरुले सट्टेबाजमा ६४ करोड १३ लाख कारोबार गरेको पाइएको छ

वानएक्स बेटमा सक्रिय रहेका तीन कलाकारसहित पाँचजना यूट्युबर पक्राउ परेका छन् । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले कलाकार बल्छी ध्रुबे, राजु मास्टर, पवन खतिवडा (म्याकुरी) सहित पाँचजना यूट्युवर पक्राउ गरेको हो ।

पक्राउ पर्ने यूट्युवरमा एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो ।

उनीहरुको बयानका आधारमा कलाकारसहित यूट्युवरलाई पक्राउ गरिएको अपराध महाशाखा स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारीअनुसार उनीहरुलाई काठमाडौं प्रहरी परिसरमा बुझाउने तयारी छ । नेपालमा सट्टेबाजी कानुनविपरीत मानिन्छ ।

अपराध अनुसन्धान कार्यालय स्रोतले दिएको जानकारीअनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाएको र त्यसको विज्ञापन पनि गरेको आरोपमा आठ जनालाई पक्राउ गरिएको हो । यसअघि प्रहरीले बुधबार पनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । यसअघि प्रहरीले बुधबार पनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरूपमा सक्रिय भएको पाइएको हो ।

सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा। मनोज केसीले जानकारी दिएका थिए । उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टकारूपमा सक्रिय रहेका अन्य चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउपर्नेमा निज खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् । उनीहरूलाइ बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुले सट्टेबाजमा ६४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । आशिषले तीन करोड कारोबार गरेको फेला परेको छ भने दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बताए । उनका अनुसार आशिषको साथबाट प्रहरीले ३७ लाख बरामद गरेको छ । उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट