May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

२ अर्ब ३३ करोड गोदावरीको बजेट

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १२:५९
२ अर्ब ३३ करोड गोदावरीको बजेट
  • आर्थिक वर्ष २०८०-८१ का लागि दुई अर्व ३३ करोड रुपैयाँको वार्षिक बजेट
  • पूर्वाधार विकासका लागी ३५ करोड , स्वास्थ्य क्षेत्रमा ३ करोड , शिक्षामा ५ करोड 

काठमाडौं ।।

ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि दुई अर्व ३३ करोड रुपैयाँको वार्षिक बजेट ल्याएको छ । उपप्रमुख मुना अधिकारीले नगरसभामा प्रस्तुत गरेको बजेटले पूर्वाधार विकासमा ३५ करोड , स्वास्थ्य क्षेत्रमा ३ करोड , शिक्षामा ५ करोड रुपैयाँ छुट्याएको छ ।

सम्पदा संरक्षण, खानेपानी, खेलकुद तथा खेल पूर्वाधार निर्माण, दमकल खरिद, नगर बस संचालनका लागि २२ करोड बजेट छुट्याइएको छ । नगरपालिकाले कृषितर्फ १ करोड ५० लाख बजेट विनियोजन गरेको उप प्रमुखले नगरसभामा प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ ।

गोदावरी नगरपालिकामा रहेको १४ वटा वडामध्ये धेरैजसो वडाहरु कृषि उत्पादनका लागि योग्य जमिन भएका वडा छन् । नगरभित्रका वडाहरुका लागि प्रति वडा १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

सडक बत्तीका लागि ३ करोड, फोहोर मैला व्यवस्थापन, तरकारी बजार सञ्चालन, स्वरोजगार कार्यक्रम, सिंचाइ, पर्यटकीय पदमार्ग निर्माण र सूचना प्रविधिका लागि १-१ करोड रुपैयाँ विनियोजन गरेको बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गोदावरी नगरपालिकाका प्रमुख महर्जनले स्वास्थ्य र शिक्षासँगसँगै पूर्वाधारलाई यो बजेटले प्राथमिकता दिएको बताए ।

तरकारीको पकेट क्षेत्रका लागि बीउ वितरण गर्ने, महिला उद्यमी र किसानहरुलाई अनुदान तथा व्याज सहुलियत सहित ऋण कार्यक्रमहरु लागू गर्ने, धार्मिक पर्यटनलाई जोड दिने लगायतका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट