May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

रोयल्टी नतिर्ने रेडियो-टिभीले गीत बजाउन नपाउने

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १६:३८
रोयल्टी नतिर्ने रेडियो-टिभीले गीत बजाउन नपाउने
  • रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने
  • रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान
  • संगीतकार अधिकारी स्रष्टासँग अनुमति लिएर मात्रै गीत बजाउन आग्रह

काठमाडौं ।।

रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने भएका छन् । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकपछि निर्णयबारे जानकारी दिंदै संस्थाका अध्यक्ष तथा संगीतकार चेतन सापकोटाले भने, ‘बैठकले रोयल्टी नतिर्ने रेडियो, टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ । बजाइयो भने कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी कारवाही गरिनेछ ।’

उनले भने, ‘रोयल्टी तिरे मात्र गीतलाई सार्वजनिक प्रसारण गर्ने जोकसैले बजाउन पाइयो । कानुन उल्लंघन हुन्छ भने अदालत जाने तयारीमा छौं ।’ यसैबीच, बैठकले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने भन्ने रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघको निर्णयप्रति पनि आपत्ति जनाएको छ ।

रोयल्टी नपाएसम्म रेडियो, टिभीमा नबजाउने सहमति सांगीतिक संघसंस्थाबीच भएको पनि अध्यक्ष सापकोटाले जनाए । संगीतकार संघले संगीतका सबै विधाहरु लोकदोहोरी, पप, हिपहप लगायतका स्रष्टालाई समेत बोलाएर रोयल्टी नतिर्ने रेडियो र टिभीमा गीत बजाउन नदिनेबारे घोषणा गर्ने समेत तयारी गरेको छ ।

‘रोयल्टीमा आवद्ध सबै १८ सय जना स्रष्टामार्फत रोयल्टी नवीकरण गरेर मात्र गीत बजाउन आह्वान गरिनेछ । होइन भने कानुनी उपचारको ढोका खुला छँदैछ,’ अध्यक्ष सापकोटाले भने ।

ती तीन रेडियो सम्बद्ध निकायले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै संगीतकार अधिकारीले फेसबुकमार्फत गालीगलौज गरेको भन्दै उनका सम्पूर्ण सांगीतिक कृति रेडियोबाट प्रसारण गर्न नसकिने निर्णय गरेका थिए । रोयल्टी संकलन समाजका अध्यक्ष समेत रहेका संगीतकार अधिकारीले स्रष्टासँग अनुमति लिएर मात्रै गीत बजाउन आग्रह गरेका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।