काठमाडौं ।।
बाढी र पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार अहिले भालुवाङ-लिवाङ रोल्पा माडीचौर दारबोट सडकखण्ड अन्तर्गत प्यूठानको खहरे खोलामा सडक अवरुद्ध भएको छ ।
यसै सडकखण्डको गर्जेनीमा समेत सडक अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पास्थित कालीमाटीमा समेत सडक अवरुद्ध बनेको सडक विभागले जनाएको छ ।
तौलिहवा-गोरुसिङ्गे-सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको सितापुरमा समेत मंगलबार सडक अवरुद्ध भएको विभागले अपडेट गरेको विवरणमा उल्लेख छ ।