May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने सर्वोच्चको आदेश

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १६:३८
हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने सर्वोच्चको आदेश
  • कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिन सर्वोच्चको आदेश
  • इजलासले थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्यो 

काठमाडौ ।।

सर्वोच्च अदाललते कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारी दिन प्रदेश प्रमुखका नाममा आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिन आदेश दिएको हो ।

आदेशमा तत्कालका लागि कार्कीले नै कार्यवाहक पाउने र सात दिनभित्र संविधानको धारा ६१ (२) अनुसारको सरकार गठनको प्रक्रिया अघि बढाउन भनिएको छ । त्यसरी बहुमत पुर्याएर कसैले बहुमत देखाउन नसकेमा वा विश्वासको मत प्राप्त गर्न नसकेकामा धारा १६८ (३) अनुसारको प्रक्रिया अघि बढ्ने पनि आदेशमा उल्लेख छ । गत असार २२ गते एमाले संसदीय दलका नेता कार्कीले रिट दायर गरेका थिए ।

यस्तो छ पूर्ण इजलास-

यसमा नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम प्रत्यर्थीहरूका नाममा देहाय बमोजिमको आदेश जारी गरिएको छः

(क) मुख्यमन्त्री पदमा प्रत्यर्थी मध्येका श्री उध्दव थापालाई नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको दावीपत्रमा प्रत्यर्थी मा. सभामुख श्री बाबुराम गौतमले हस्ताक्षर गरी जनाउनु भएको समर्थन, यसरी पेश भएको त्रुटिपूर्ण दावीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट श्री उध्दव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा मिति २०८०-३-२१ मा गरिएको नियुक्ति र तत्–सम्बन्धमा भए गरिएका काम कारवाहीहरू नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ।

(ख) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको, उक्त धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न मिल्ने नै अवस्था रहेको, र जुन बिन्दूबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तबरले प्रकृया अगाडि बढाउनु मनासिव हुने देखिएको हुँदा आजका मितिले सात दिनभित्र (२०८०-४-१७ गतेभित्र) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भनी प्रत्यर्थी कोशी प्रदेशका प्रदेश प्रमुख समेतको नाममा परमादेश जारी हुने ठहर्छ ।

(ग) उपरोक्त प्रकरण (ख) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त हुने नै भएकाले रिट निवेदकको माग बमोजिम अहिले नै निज रिट निवेदकलाई “सरकारको नेतृत्व गर्ने अवसर दिनु दिलाउनु” भनी रिट आदेश जारी गरिरहन परेन।

१३. प्रस्तुत आदेश तत्काल कार्यान्वयन हुनु पर्ने प्रकृतिको भएकाले प्रत्यर्थीहरूको जानकारी तथा कार्यान्वयनका लागि अविलम्व सवै प्रत्यर्थीहरूलाई तथा महान्यायाधिवक्ताको कार्यालयलाई समेत यो संक्षिप्त आदेशको एक-एक प्रति प्रतिलिपी पठाई दिनू ।

 

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट