May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

राजीनामा दिएका वडाध्यक्ष फर्किए पुनः काममा

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १४:११
राजीनामा दिएका वडाध्यक्ष फर्किए पुनः काममा
  • राजीनामा दिएका वडाध्यक्ष पुनः काममा फर्किए
  • वडामा परेको बजेटप्रति मेयरसँग असन्तुष्टि हुँदै दिएका थिए राजीनामा 
  • पटक पटक काममा फर्कन मेयर चौधरीको आग्रह 

दाङ ।।

बजेटको बिषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका छन् । गत असार १२ गते घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका वडाध्यक्ष शाह एक महिना पछि पुनः काममा फर्किएका हुन् । उनले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू काममा फर्किएकोबारे जानकारी गराएका हुन् ।

एमालेबाट निर्वाचित शाहले आफ्नो वडामा परेको बजेटप्रति मेयरसँग असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले आफूले मागेका योजनामा बजेट नदिएको भन्दै उनले असार १२ गतेको नगरसभाका क्रममा राजीनामा बुझाएका थिए ।

राजीनामा पत्रमा उनले वडावासीको चाहना अनुसार काम गर्न नसकेकाले आत्मग्लानि भएको उल्लेख गरेका थिए ।मेयर चौधरीले भने वडाध्यक्ष शाहको राजीनामा स्वीकृत गरेका थिएनन् । मेयर चौधरीले उनलाई पटक पटक काममा फर्कन आग्रह गर्दै आएका थिए ।

  • साझा परिवेश
  • -