May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

५५१ सदस्य बनाउने भन्दै झुक्याएर ७१० जना बनाइयो

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १३:२५
५५१ सदस्य बनाउने भन्दै झुक्याएर ७१० जना बनाइयो
  • नेपाली काग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ
  • ७१० जना सदस्य रहेको तदर्थ समिति सार्वजनिक
  • ५५१ सदस्यीय तदर्थ समिति ल्याउने सहमतिलाई लत्याएको

काठमाडौं ।।

नेपाली काग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सहमति विपरीतको संख्या आएको भन्दै संस्थापनइतरले असन्तुष्टि जनाएको छ । सोमबार राति ७१० जना सदस्य रहेको तदर्थ समिति सार्वजनिक गरिएको छ । ५५१ सदस्यीय तदर्थ समिति ल्याउने सहमतिलाई संस्थापनपक्षले लत्याएको अर्को पक्षले जनाएको छ ।

५५१ जनामा ४० प्रतिशत हिस्सेदारी हुने गरि शेखर-गगन पक्षले नाम बुझाएको थियो । संख्या थपेर ७१० पुर्‍याउँदा समेत आफ्नो पक्षबाट दिएका कतिपय नाम हटाइएको संस्थापनइतरकी विद्यार्थी नेता प्रेमिका रानामगरले जानकारी दिइन् । ‘५५१ जनाको समितिमा ल्याउने सहमति भएर नाम दिएका हौं । हामीले पठाएका १५ जना जतिको नामहरु काटिएको छ,’ रानामगरले भनिन् ।

तदर्थ समितिमा पर्ने गरि चर्चा पाएर पनि नाम काटिएकाहरुमा पवन थापा, दीपक ओझा, सुदीप अधिकारी, सुमित बोहोरा लगायत छन् । नेता कृष्णप्रसाद सिटौला पक्षले पठाएका कतिपय नाम काटिएको सिटौला निकट एक विद्यार्थी नेताले जानकारी दिए ।

तदर्थ समितिमा विदेशमा बस्नेलाई समेत राखिएको छ । किरण भण्डारी, डा. रितेश चिमोरिया, अमृत वस्ती, रविन ढुङ्गाना लगायतका केही विदेशमा छन् । तदर्थ समितिमा राखिएपछि ढुङ्गानाले आफू समितिमा बस्न असमर्थ रहेको सामाजिक सञ्जालमा लेखेका छन् । दुई वर्षअघि नै तदर्थ समितिका लागि नाम दिएको तर अहिले राखिएको उनले बताए ।

मनोनित तदर्थ समितिमा बस्न रुचि नभए पनि नाम राखिएको भन्दै विवेक लामा घिसिङले केन्द्रीय सदस्यमा नबस्ने नबस्ने घोषणा गरेका छन् ।पार्टी सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पालाई संघको अध्यक्षमा मनोनित गरेका थिए । संघको कार्यसमितिलाई पटक पटक पूर्णता दिने पार्टीले निर्णय गरेपनि कार्यान्वयन गरेको थिएन । करिब १७ महिनापछि बनाइएको जम्बो टोलीमा समेत पार्टीका समूहले चित्त बुझाउन सकेका छैनन् ।

२ साउन देखि १० सम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले भदौ १५ सम्म सबै भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको थियो । कार्यसमितिले पूर्णता पाएपछि ६ महिनाभित्र निर्वाचन गर्न तदर्थ समितिले कार्यादेश पाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट