April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

अनेक बहानामा सेवाग्राहीलाई दुख दिदै दमक मालपोत

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १९:५३
अनेक बहानामा सेवाग्राहीलाई दुख दिदै दमक मालपोत

गणेश कुमार श्रेष्ठ ताप्लेजुङ

झापा जिल्लाको दमक मालपोत कार्यालयले अनेक बहानामा सेवाग्राहीलाई दुख दिने गरेको गुनासो बढ्न थालेको छ । अधिकृत वारेसनामाबाट जग्गा रजिष्ट्रेसन पास गर्दा हप्तौं सम्म पनि काम नहुने गरको त्यहाँका लेखापढी व्यवशायीहरु बताउछन् ।
जग्गा खरिद विक्रीको लागि जग्गा धनी स्वयम उपस्थित हुन नसकेको अवस्थामा गरिने अधिकृत वारेसनामा जिल्ला अदालतबाट माननीय न्यायाधिसको रोहवारमा सबै कानुनी प्रकृया पुरा गरेर गरिने भएकोले सबैभन्दा भरपर्दो हुने लेखापढी व्यवशायी इन्द्रमणी पोख्रेल बताउछन् ।
यसरी काम गर्दा हप्तौं सम्म पनि काम नभएको गुनासोे आएपछि दमक मालपोत कार्यालयमा सम्पर्क गर्दा नक्कली कागजातबाट सावधानी अपनाउनलाई यसो गरिएको बताउछन् । जुन जिल्लाबाट वारेसनामा बनाएको छ सोही जिल्ला अदालतमा कागजातको आधिकारिकताको बारेमा बुझ्नु पर्ने भएकोले सेवाग्राहीको आफ्नो मान्छे सम्वन्धित अदालतमा नपठाए हप्तौं सम्म पनि जवाफ नआउने कार्यालयका कर्मचारी बताउछन् ।
यस विषयमा कानुनी अवस्था के हो भनी कानुन व्यवशायी अधिवक्ता सुधिर तिम्सिनासँग जिज्ञासा राख्दा जिल्ला अदालतले अधिकृत वारेसनामा दिनु पूर्व नै सम्वन्धित मालपोत कार्यालयसँग श्रेस्ता भिडाउने क्रममा दोहोरो पत्राचार हुने भएकोले यसो गर्नु सेवाग्राहीलार्ई दुख दिने कार्य मात्र भएको बताउछन् ।
सबै कागजात पु¥याएर काम गर्दा पनि मालपोत अधिकृत हर्कबहादुर राईले प्रमाणित गर्ने बेलामा अनेक बहानामा दुख दिने गरेको अधिकांश सेवाग्राहीहरुको गुनासो रहेको छ । कोही अधिकृत सरको बानी नै त्यस्तै हो भनेर चित्त बुझउने गरेका छन् भने कसै कसैले घुसको वार्गेनिङको लागि त्यसो गरेको हुनसक्ने आशंका व्यक्त गर्ने गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १९:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट