sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भट्टराईको अध्यक्षतामा नाट्टा कोशीमा नयाँ  नेतृत्व चयन

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १४:२0
भट्टराईको अध्यक्षतामा नाट्टा कोशीमा नयाँ  नेतृत्व चयन
  • भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ  नेतृत्व सर्वसम्मत चयन
  • विराटनगर स्थित होटल एशियाटिकमा शनिबार सम्पन्न
  • समितिको कार्यकाल २ वर्षको रहने

झापा।।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनले पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ  नेतृत्व सर्वसम्मत चयन गरेको छ । विराटनगर स्थित होटल एशियाटिकमा शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा भट्टराई, वरिष्ठ उपाध्यक्षमा शेखरप्रसाद ढकाल, उपाध्यक्ष सजित तामाङ, महासचिव नवराज (नविन) खरेल, सचिवमा जीवन पराजुली र कोषाध्यक्षमा सुरेन्द्रप्रसाद पौडेल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा मनरथ सिल्वाल, धर्मराज शिवाकोटी, गौरव श्रेष्ठ र लक्ष्मण खड्का (गोपाल) छन् । अधिवक्ता नविनकुमार कार्की संयोजक र पत्रकार लक्ष्मी उप्रेती सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व सर्वसम्मत चयन भएको घोषणा गरेको थियो । समितिको कार्यकाल २ वर्षको रहने छ ।

यसैबीच समितिको शनिवार नै बसेको पहिलो बैठकले नाट्टा कोशी प्रदेशको सल्लाहकार सदस्यमा भविशकुमार श्रेष्ठ र उदयकुमार कार्कीलाई मनोनित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजीक्षेत्रको सहयोग बिना देशको अर्थतन्त्रको सुधार कल्पना पनि गर्न नसकिने बताए ।

उनले नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरी कोशी प्रदेशको पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रमका विशिष्ट अतिथि नाट्टा केन्द्रीय अध्यक्ष रमेश थापा, सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिहं, गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारी, मधेश प्रदेश अध्यक्ष मोहन शर्मा, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव सञ्जिवकुमार राई…..

नेपाल पर्यटन बोर्ड सञ्चालक सदस्य कृष्ण शाह, बोर्डका निर्देशक सूर्य थपलिया, उद्योग बाणिज्य महासंघ हवाई तथा पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठ, होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल, हान कोशी प्रदेश अध्यक्ष राजन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, इथुवाका सचिव सन्दिपन घोष लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नाट्टा कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दै आफ्नो कार्यकालमा भए गरेका कामको प्रतिवेदन प्रस्तुत गरेका थिए । वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद भट्टराईले स्वागत र कार्यक्रमको सञ्चालन महासचिव नवराज खरेलले गरेका थिए ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid