May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

भट्टराईको अध्यक्षतामा नाट्टा कोशीमा नयाँ  नेतृत्व चयन

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १४:२0
भट्टराईको अध्यक्षतामा नाट्टा कोशीमा नयाँ  नेतृत्व चयन
  • भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ  नेतृत्व सर्वसम्मत चयन
  • विराटनगर स्थित होटल एशियाटिकमा शनिबार सम्पन्न
  • समितिको कार्यकाल २ वर्षको रहने

झापा।।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनले पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ  नेतृत्व सर्वसम्मत चयन गरेको छ । विराटनगर स्थित होटल एशियाटिकमा शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा भट्टराई, वरिष्ठ उपाध्यक्षमा शेखरप्रसाद ढकाल, उपाध्यक्ष सजित तामाङ, महासचिव नवराज (नविन) खरेल, सचिवमा जीवन पराजुली र कोषाध्यक्षमा सुरेन्द्रप्रसाद पौडेल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा मनरथ सिल्वाल, धर्मराज शिवाकोटी, गौरव श्रेष्ठ र लक्ष्मण खड्का (गोपाल) छन् । अधिवक्ता नविनकुमार कार्की संयोजक र पत्रकार लक्ष्मी उप्रेती सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व सर्वसम्मत चयन भएको घोषणा गरेको थियो । समितिको कार्यकाल २ वर्षको रहने छ ।

यसैबीच समितिको शनिवार नै बसेको पहिलो बैठकले नाट्टा कोशी प्रदेशको सल्लाहकार सदस्यमा भविशकुमार श्रेष्ठ र उदयकुमार कार्कीलाई मनोनित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजीक्षेत्रको सहयोग बिना देशको अर्थतन्त्रको सुधार कल्पना पनि गर्न नसकिने बताए ।

उनले नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरी कोशी प्रदेशको पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रमका विशिष्ट अतिथि नाट्टा केन्द्रीय अध्यक्ष रमेश थापा, सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिहं, गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारी, मधेश प्रदेश अध्यक्ष मोहन शर्मा, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव सञ्जिवकुमार राई…..

नेपाल पर्यटन बोर्ड सञ्चालक सदस्य कृष्ण शाह, बोर्डका निर्देशक सूर्य थपलिया, उद्योग बाणिज्य महासंघ हवाई तथा पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठ, होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल, हान कोशी प्रदेश अध्यक्ष राजन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, इथुवाका सचिव सन्दिपन घोष लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नाट्टा कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दै आफ्नो कार्यकालमा भए गरेका कामको प्रतिवेदन प्रस्तुत गरेका थिए । वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद भट्टराईले स्वागत र कार्यक्रमको सञ्चालन महासचिव नवराज खरेलले गरेका थिए ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।