May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं महानगरले ढुसी परेको कोक बेच्नेसंग लियो १ लाख ५० हजार जरिवाना

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १५:५0
काठमाडौं महानगरले ढुसी परेको कोक बेच्नेसंग लियो १ लाख ५० हजार जरिवाना
  • कोकाकोला बिक्रेता कालिञ्चोकले तिरे १ लाख ५० हजार रुपैयाँ तिर्यो जरिवाना
  • ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गर्यो 
  • वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना लिइयो  

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।

उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो ।

महानगरका निरीक्षण अधिकृत डा. अवधेश झा भन्छन्, ‘कोकाकोलामा चिनी, पानी र कार्बनडाइअक्साइड हुन्छ, हामीले निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको थियो ।

लिकेज भएकोले ढुसी परेको हो ।’ उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको उनले बताए ।

 

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट