काठमाडौं ।।
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेट भएको छ । परराष्ट्रमन्त्रालयमा भएको भेटमा अमेरिका र नेपालबीचको द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकाले गरेको सहयोगका बारेमा सरोकारवालहरूसँग छलफल गर्ने छन् ।दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने छन् ।