April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

सुनसरीले थप दक्ष जनशत्ति ‘गोताखोर’ उत्पादन गर्दै

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १२:३१
सुनसरीले थप दक्ष जनशत्ति ‘गोताखोर’ उत्पादन गर्दै
  • नदीनालामा हुने दुर्घटनामा परी डुवेका मानिसको उद्धारको लागि
  • दक्ष जनशत्ति तथा गोताखोरको नै आवश्यकता पर्ने 
  • यहि कमिलाइ पुरा गर्न सशस्त्र प्रहरी कम्मर कसेर लाग्दै

 सुनसरी । धीरेन्द्र नारायण मण्डल ।।

नेपालको नदीनालामा हुने दुर्घटनामा परी डुवेका मानिसको उद्धार सवैले गर्न सक्दैन । त्यसकालागी दक्ष जनशत्ति तथा गोताखोरनै चाहिन्छ । नेपालमा अहिले पनी गोताखोरको निकै कमि रहेको पाइएको छ । यहि कमिलाइ पुरा गर्न सशस्त्र प्रहरी कम्मर कसेर लागेको छ । नेपालमा गोताखोरको थप दक्ष जनशत्ति उत्पादन गर्न सशस्त्र प्रहरीले आजदेखी  गोताखोरको तालिम सुरु गरेकोे  छ ।

सुनसरीको पकली स्थित सशस्त्र प्रहरीको बराह बाहिनी मुख्यालयले ३५ दिने तालिममा सशस्त्र प्रहरीका १८ जना र २ जना नेपाल प्रहरीका जवानको सहभागिता रहने छ ।  पछिल्लो समय नदी,खोला तथा तालहरुमा दुर्घटना वढेपनि गोताखोरको अभावकै कारण भने जस्तो उद्धार कार्यमा तिव्रता दिन सकिएको छैन् ।

सिमा सुरक्षादेखी लिएर मुलुकभित्रका धरै जिम्वेवारी निर्वाह गर्दै आएको सशस्त्र प्रहरीको यो प्रशिक्षण उदाहरणिय रहेको कोशी प्रदेशका प्रमुख सचिव डा दिपक काफ्लेले बताउनु भएको छ । जलिय विपतबाट सृजनाहुने जोखिमलाई व्यवस्थापन गर्ने अथवा कुनैपनि हिसाबमा, पानीजन्य अवस्थाको समस्यामा परेको व्यक्तिहरुलाई उद्वार गर्ने र त्यसको संरक्षण गर्ने भुमिका यहाँहरुको उत्कुष्ट हुन्छ र अन्तराष्ट्रियस्तरमा नेपालको नाम स्मरणिय हुन्छ भन्दै तालिममा सहभागिको हौसला बढाउनु भयो ।

नेपालमा गोताखोर नहुदा विपद्प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने योजनाहरु पहिले कुनै दुर्घटना हुदाँ उद्वारकालागि छिमेकी मुलुकामा भरपर्नुपर्ने स्थीति थियो ।  विषेशगरि बंगलादेशबाट गोताखोर ल्याएर अप्रेसनहरु संचालन गर्नुपर्ने बाध्यता थियो र त्यो गोताखोर ल्याउन खबर गरेको मितिले कम्तिमा दुई तीन हप्तासम्म लाग्ने गरेको स्थीतिलाई अब हामिले सहजै रुपमा चिर्न सफल हुन्छौ, बराह बाहिनी मुख्यालय पकलीका सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले बताउनु भयो ।

नेपालमा गोताखोर नहुदा बङ्गलादेशवाट गोताखोर ल्याउने बाध्यता थियो । यो बाध्यतालाइ अनत्य गर्दै पहिलो पटक बङ्गलादेशबाट २५ सशस्त्र प्रहरीका जवानले गोताखोरको प्रशिक्षण लिएका थिए । त्यससङ्गै नेपालमा गोताखोर सख्या ८३ पुगेको  छ । तर पनी यो जनशत्ति निकै अपुग रहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोख्रेलले बताउनु भएको छ ।

छनौटमा परेको जावनहरुले चतरा स्थित सप्तकोशी नदी, धनकुटाको तम्मर नदी र ओखलढुङ्गा आसपासका नदीमा गोताखोरको प्रशिक्षण लिने बताएको छ । यो प्रशिक्षण पछि  नेपालमा हुने विपद व्यवस्थापनमा महत्वपुण भुमिका निर्वाह हुने अपेक्षा गरिएको छ ।

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट