April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

बागलुङबासीलाई सरकारले ११ वर्षपछि ट्रायलको सुबिधा दियो

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:४४
बागलुङबासीलाई सरकारले ११ वर्षपछि ट्रायलको सुबिधा दियो
  • चारपाङग्रेको प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु
  • मन्त्री रेशमबहादुरद्वारा चार पांग्रेको ट्रायल सुरु गरियो 
  • परीक्षाका लागि ड्राइभिङ इन्स्टिच्युटले बनाएको संरचना भाडामा

पोखरा ।।

११ वर्षपछि बागलुङमा फेरि चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु भएको छ । २०६९ सालमा सरकारले ट्रायलको नयाँ मापदण्ड ल्याएपछि जग्गाको अभावले रोकिएको चारपांग्रेको प्रयोगात्मक परीक्षा बुधबार फेरि सुरु भएको हो ।

साविकको धौलागिरि अञ्चललाई केन्द्रमा राखेर बागलुङमा चारपांग्रेको ट्रायल रोकिएपछि त्यस क्षेत्रका बासिन्दा यही कामका लागि पोखरा आउनुपर्ने थियो । सेवाग्राहीको चापले पोखरामा प्रयोगात्मक परीक्षा सकसपूर्ण, झन्झटिलो र ढिलासमेत भएको धेरैको गुनासो थियो ।

गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बागलुङमा फेरि चार पांग्रेको ट्रायल सुरु गर्न पहल सुरु गरेका थिए । अहिले त्यहीँको निजी ड्राइभिङ सेन्टरसँग सम्झौता गरी चारपांग्रेको परीक्षा सुरु गरिएको हो ।

बागलुङ नगरपालिका–१ रामरेखामा ट्रायल सेन्टर लिइएको छ । दुईपाग्रेको ‘ट्रायल’ परीक्षा पनि सोही ठाउँमा सञ्चालन हँुुदै आएको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिङ थापाले जानकारी दिए ।

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्स्टिच्युटले बनाएको संरचना भाडामा लिएको हो । चार पांग्रेको ट्रायल सुरुआत गर्दै यातायात व्यवस्थामन्त्री जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिंगै धवलागिरि क्षेत्र लाभान्वित हुने बताए ।

यातायात व्यवस्था कार्यालय पोखरामा विचौलिया निर्मुल गर्ने अभियानै सुरु गरिएको र बागलुङको ट्रायलमा पनि त्यो कल्पना नगर्न मन्त्री जुग्जालीले निर्देशन दिए ।

‘दुख नगरी लाइसेन्स पाइन्छ कि भनेर सेवाग्राहीले पनि नसोच्नु होला । कास्कीमा धेरै सुधार गरेका छौं, तनहुँको डुम्रेमा पनि राम्रो भइरहेको छ, नवलपुरमा पनि निर्देशन गरेका छौं’, मन्त्री जुग्जालीले भने, ‘बागलुङमा पनि दुई वटा काम गर्दै नगर्नुहोला । एउटा बिचौलियालाई प्रवेश गराउने काम गर्दै नगर्नु, अर्को २-४ पैसाको लोभमा लाइसेन्स दिन सकिन्छ कि नसोच्नुहोला ।’

अहिलेको प्रविधिको जमानामा सबै परीक्षा सरकारको निगरानीमा हुने र प्रत्येक काम अहिले जनताको निगरानी रहने मन्त्री जुग्जालीको भनाइ थियो । मन्त्री जुग्जालीले जनता प्रत्यक्ष जोडिने यातायात क्षेत्र सुधार नहुँदा व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको र त्यसको चित्र बदल्नुपर्ने बताए ।

बागलुुङमा यसअघि (ए) र (के) वर्ग (दुुई पाङ्ग्रे) को मात्र परीक्षा सञ्चालन हुुने गरेको थियो । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपांग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने सेवाग्राहीको विश्वास छ । बुधबारमात्रै पहिलो पटक १०७ जना प्रयोगात्मक परीक्षामा सहभागी भएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट