काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार थप एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ सूचिकृत भएको हो ।
नेप्सेमा कम्पनीकाे कुल ८० लाख कित्ता साधारण सेयर सूचीकृत भएकाे हाे । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतममा ७४ रूपैयाँदेखि अधिकतम २२२ रुपैंयासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ । कम्पनीको स्टक सिम्बोल एमइएचएल’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब भोली सामेबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।