May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

कमल थापाको प्लेकार्डमा “मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ” लेखेको पाइयो

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:२३
कमल थापाको प्लेकार्डमा “मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ” लेखेको पाइयो
  • कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि ईः को  साथमा 
  • पूर्वउपप्रधानमन्त्री थापा र पूर्वमन्त्री पाण्डे ईःसँगै केहीबेर उभिए
  • प्लेकार्डमा लेखिएको छ, ‘मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ

काठमाडौं ।।

काठमाडौंको राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगेका छन् । फुटपाथ व्यवसायी माथि महानगरपालिको क्रुरतापूर्ण व्यवहार गरेको भन्दै अभियन्ता ईःले उभिएर महानगरको विरोध गरिरहेका छन् । सोही क्रममा पूर्वउपप्रधानमन्त्री थापा र पूर्वमन्त्री पाण्डे ईःसँगै केहीबेर उभिएका हुन् ।

थापाले बोकेको प्लेकार्डमा लेखिएको छ, ‘मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ । ईः ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ ।’ यस्तै पूर्वअर्थमन्त्री पाण्डेले बोकेको प्लेकार्डमा लेखिएको ‘सडक-साइकल-गाडा-परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर । विकल्प देऊ ।’

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।