राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसर पारेर टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयले भीआईपीदेखि सर्वासाधारणका लागि राष्ट्रपतिले लगाइदिने टीकाका लागि समय निर्धारण गरेको छ।
यसअनुसार आज मंगलबार अपराह्न २ देखि ३ बजेसम्म प्रधानमन्त्री, मन्त्रीदेखि प्रहरी अधिकृतसम्मका लागि समय छुट्याइएको छ भने ३ देखि ५ बजेसम्म सर्वसाधारणले टीका लगाउन पाउनेछन्।
विगतमा राजाले यसरी टीका लगाइदिने गरेकोमा गणतन्त्र आएपछि राष्ट्रपतिमार्फत् यसलाई निरन्तरता दिइएको छ।