May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कोरियामा नेपालीसँग चन्दा उठाउँदै दूतावास

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० 0९:२२
कोरियामा नेपालीसँग चन्दा उठाउँदै दूतावास

काठमाडौं- मुलुकको अर्थतन्त्र संकटमा परेको विश्लेषण भइरहँदा विदेशमा रहेको नेपाली दूतावासले कार्यक्रम गर्नका लागि चन्दा उठाउन थालेको छ। दक्षिण कोरियास्थित नेपाली दूतावासले एक कार्यक्रममा लागि चन्दा माग गर्दै पत्र लेखेकक्ष हो।

दूतावासले २८ अक्टोबर २०२३ मा सियोलस्थित नेपाली दूतावास ‘ग्लोबल मल्टिकल्चरल फेडेरेस, गमचियम कल्चर’ र नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाले ‘नेपाल-कोरिया कल्चरल एक्सचेन्ज इभेन्ट’को आयोजना गर्न लागेको भन्दै चन्दा उठाउन थालेको पत्र बाहिरिएको छ।

पत्रमा भनिएको छ, ‘यो पत्रका लागिस लगभग ३५ लाख कोरियन वनको आवश्यकता पर्ने भएकोले त्यस संस्थाबाट सो कार्यक्रम सञ्‍चालनका लागि आर्थिक सहयोग उपलब्ध गराइदिनु हुन अनुरोध गरिएको छ।’

नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउने भन्दै उक्त कार्यक्रम गर्न लागिएको जनाएको छ। यो पत्रमार्फत कोरियामा रहको गैर आवासीय नेपाली संघ, नेपाल सम्पर्क समिति, नेपाल आदिवासी जनजाती महासंघ, पूर्वाञ्‍चल सरोकार समाज, तराई मधेश समाज, बागमती प्रदेश समाज, गण्डकी प्रदेश समाज, कर्णाली प्रदेश समाज, सुदूरपश्‍चिम समाजलाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ।

केही समयअघि पाकिस्तानले आफ्नो दूतावासमा मासिक तलब पठाउन नसकेको समाचार आएको थियो।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० 0९:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।