May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली

इजरायलको दाबी, हमासको हवाई आक्रमणको कमान्डर मारिए

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० 0७:४५
इजरायलको दाबी, हमासको हवाई आक्रमणको कमान्डर मारिए

इजरायली सेनाले हमासको हवाई आक्रमणको नेतृत्व गर्ने कमान्डर असिम अबु रकाबा मारिएको दाबी गरेको छ ।

हमासका वायु सेना प्रमुख असिमले गएको अक्टोबर ७ मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएको इजरायलको दाबी छ । उनकै निर्देशनमा हमासका प्याराग्लाइडरहरू इजरायल पसेका थिए । यी कमान्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको बताइएको छ ।

इजरायली रक्षा बलले सामाजिक सञ्जालमा लेखेको छ, ‘गएको रातको लडाइँका क्रममा आईडीएफको लडाकु विमानले हमासलाई हवाई आक्रमणको निर्देशन दिने असिम अबु रकाबामाथि आक्रमण गरी मारेको छ ।

‘अबु रकाबा हमासको यूएभी, ड्रोन, प्याराग्लाइडर, एरियल डिटेक्शन र रक्षाका लागि जिम्मेवार थिए’, इजरायली रक्षा बलको पोस्टमा भनिएको छ ।

इजरायल र हमासबीच जारी युद्धको तेस्रो हप्ता बितिसकेको छ । हमासले इजरायलमाथि गएको अक्टोबर ७ मा आक्रमण गरेको थियो । यो आक्रमणमा इजरायलका एक हजार चार सय नागरिकको ज्यान गएको थियो । यस्तै इजरायली आक्रमणमा गाजा पट्टीमा अहिलेसम्म सात हजार जनाभन्दा धेरैको ज्यान गइसकेको खबरमा उल्लेख छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० 0७:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।