July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्रिकेट रङ्गशालालाई राष्ट्रिय गाैरवकाे आयाेजनामा परिणत गरेर बनाउँछाैँ : प्रधानमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १९:५0
क्रिकेट रङ्गशालालाई राष्ट्रिय गाैरवकाे आयाेजनामा परिणत गरेर बनाउँछाैँ : प्रधानमन्त्री

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताउनुभएको छ ।

टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा आज मङ्गलवार बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रङ्गशाला बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिला तपाईँहरूलाई बधाई छ । तपाईँहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला । कतिपय बेला जित र हार संयोगको कुरा पनि हुन्छ । विश्वकपमा पनि तपाईँहरूले राम्रो गर्नुहोला ।’

‘क्रिकेट मैले हेर्दै आएको छु । क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ । यो टिम नेपालको बेस्ट टिम भएको महसुस गरेको छु । क्रिकेटप्रति नेपालीको क्रेज देखिएको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ । खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्त्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो।’

प्रधानमन्त्रीले भरतपुर, मूलपानी र त्रिवि क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने बताउनुभयो ।

उहाँले खेलाडीलाई घोषणा गरेको पुरस्कार वितरणमा ढिलो हुँदा अफूलाई नमिठो लागेको उल्लेख गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरू छन् । त्यसले पनि ढिलो हुन गयो । आउँदा दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ । टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ ।’

कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्त्वबाट आफूहरु उत्साहित भएको बताए ।

उनले भने, ‘यो महत्त्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुशी छौँ । कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ । सरकारको पहलप्रति आभारी छौँ । बाँकी रहेका कामहरू पनि छिट्टै पूरा हुने विश्वास लिएका छौँ ।’

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १९:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट