May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

माओवादी केन्द्रले जिल्लालाई अधिकार सम्पन्न गर्ने गरी छलफल

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १४:५0
माओवादी केन्द्रले जिल्लालाई अधिकार सम्पन्न गर्ने गरी छलफल

काठमाडौँ । माओवादी केन्द्रले जिल्लालाई अधिकार सम्पन्न गर्ने गरी छलफल थालेको छ । पार्टीको विधान मस्यौदा बनाउन गठन भएको मस्यौदा समितिमा सङ्घ र जिल्लालाई अधिकार सम्पन्न बनाउने गरी छलफल भएको छ ।

पुस ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान अधिवेशन गर्नका लागि पम्फा भुसालको संयोजकत्वमा ७ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवहरू गणेश साह र राम कार्की रहेका छन् ।

साहका अनुसार शुक्रवार समितिको औपचारिक बैठक बस्ने तयारी भएको जानकारी दिए । यसअघि तीनपटक बसेको अनौपचारिक छलफलमा साङ्गठनिक स्वरूपबारे छलफल केन्द्रित रहको साहले बताए ।

‘मुख्यगरी साङ्गठनिक संरचनाको विषयमा छलफल भइरहेको छ । केन्द्र र जिल्लालाई बढी प्रभावकारी बनाउने कि केन्द्रलाई केही अधिकार दिएर तल्ला कमिटीलाई अधिकार सम्पन्न बनाउनेबारे प्रारम्भिक छलफल भइरहेको छ । विधान कस्तो बनाउने भन्ने विषयमा विभिन्न कोणबाट अध्ययन भइरहेको छ’, साहले जानकारी दिए ।

समिति कति तह बनाउने भन्ने विषयमा बहस भइरहेको छ । आठौँ महाधिवेशनले केन्द्रमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति गरी चार तहको रहेको छ । सङ्घीयताअनुसार प्रदेश र पालिका कमिटी क्रियाशील छ । जिल्ला कमिटीलाई समन्वय समितिमा सीमित बनाएको थियो । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवादी नै रहने साहले बताए । तल्लो तहबाट नै नेतृत्व छनोट हुने गरी मस्यौदा बन्न लागेको उनले जानकारी दिए ।

‘हिजो जिल्ला समिति क्यान्सिल गरेका थियौं । अब जिल्ला पनि राख्नेबारे छलफल भएको छ । अधिकार कति दिने र के दिने भन्नेमा ड्राफ्ट हुँदैछ’, उनले भने ।

मस्यौदा १५ दिनभित्रै बुझाउने गरी गृहकार्य भइरहेको साहले बताए । उनले तयार भएको मस्यौदा स्थायी समिति बैठकले अनुमोदन गरेपछि सुझावका लागि एक महिना तलो तहमा छलफलमा लैजाने माओवादीको योजना छ । २०७३ मा राज्य पुनर्संरचना भएपश्चात् सङ्घीयता कार्यान्वयन गर्ने गरी दलहरूले विधान बनाएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?