April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

शिवसताक्षीका गाउँलेलाई हात्ती धपाउन साइरन वितरण

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १0:३८
शिवसताक्षीका गाउँलेलाई हात्ती धपाउन साइरन वितरण

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जङ्गली हात्ती रातै पिच्छे गाउँ पसेर घर भत्काउने, बाली नाली नष्ट गर्न थोलेपछि वडाले हात्ती प्रवेश गर्ने क्षेत्रका नागरिकलाई १० थान साइरन वितरण गरेको हो । जङ्गली हात्ती झिलझिलेले, डुडाँमारी र धरमपुरका राजमार्ग उत्तरबाट रातको समयमा गाउँ प्रवेश गरेर घर भत्काउने, बाली नाली नष्ट गर्न थालेपछि हात्ती धपाउन साइरन वितरण गरेको वडाध्यक्ष सन्त फेउदिनले जानकारी दिए ।

लामो समयदेखि वडा नंं ८ मा हात्तीले धेरै जनधनको क्षति गरेको कारणले जङ्गल छेउका नागरिकलाई वितरण गरिएको उनले बताए। उनका अनुसार शिवसताक्षी नगरपालिकामा हात्ती प्रवेश गर्ने क्षेत्रमा १० हेलोजि लाइटको माग गरिएको छ । तत्काल लाइन पनि वितरण गरिने उनको भनाई थियो ।

शिवसताक्षीको उत्तर जङ्गलमा हाल १० ओटा रहेको स्थानीय बासी बताउँछन् । दिनभर जङ्गलमा बस्ने र रात साँझ पर्दै गाउँतिर झिर्ने गरेकाले नागरिकले सास्ती व्यर्होदै आएका छन् । शिवसताक्षी नगरपालिकाले यस अघि नै हात्ती धपाउन टर्च लाइट र साइरन वितरण गरेको छ । नगरबासीले माग गरे अनुसार ८ थान टर्च लाइन र ८ थान साइरन वितरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । गएको दुई महिनादेखि शिवसताक्षीको वडा नं. १, ८, ९, १० र ११ वडाका जङ्गलसँग जोडिएका क्षेत्रमा हात्तीले आतङ्क मच्याउँदै आएको छ । हालसम्म शिवसताक्षीमा मात्र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको ज्यान लिई सकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट