September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो– ‘नेपालको बाह्य स्थिति सुधारात्मक’

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:१८
अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो– ‘नेपालको बाह्य स्थिति सुधारात्मक’

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको आर्थिक क्षेत्रमा बाह्य स्थिति सुधारात्मक रहेको जनाएको छ । बढ्दो रेमिट्यान्स, पर्यटन गतिविधिमा बृद्धि र मुद्रास्फीति घट्दै गएका कारण नेपालको बाह्य स्थिति सुदृढ बन्द गएको पाइएको कोषको निष्कर्ष छ ।

कोषले कमजोर आन्तरिक माग र विदेश पलायनका बावजुद न्यून ऋण वृद्धिका कारण नेपालले तत्कालको आर्थिक वृद्धिलाई निरन्तरता दिन सक्ने जनाएको छ ।

कोषका तर्फबाट हालै नेपालको भ्रमण गरेर फर्किएका डिभिजन उपप्रमुख एवम् मिसन प्रमुख टिडियान किण्डाले विज्ञप्ति जारी गर्दै नेपालको समग्र अवस्थाको अध्ययन र विश्लेषण गर्दा बाह्य स्थिति सुधारात्मक रहेको बताएका हुन् ।

उनले सरकारले गर्न लागेको आगामी लगानी शिखर सम्मेलनले नेपालको आर्थिक क्षमता देखाउन अवसर प्रदान गर्ने बताएका छन् ।
‘लगानीको वातावरणलाई दिगोरुपमा सुधार गर्न नेपालले शिखर सम्मेलनको पूर्ण फाइदा उठाउन सक्नेछ, भविष्यमा बलियो वृद्धिको मार्ग प्रशस्त गर्न सक्छ,’ उनले भनेका छन्, ‘लगानी सम्मेलनले नेपालको आर्थिक क्षमता देखाउन अवसर प्रदान गर्नेछ ।’

किण्डाको नेतृत्वमा कोषका कर्मचारीहरूको एक टोलीले फेब्रुवरी ५ देखि १२ सम्म नेपालको भ्रमण गरेको थियो । भ्रमणका क्रममा उनीहरूले अर्थमन्त्री प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ लगायत उच्च सरकारी तथा केन्द्रीय बैंकका अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

त्यसक्रममा आइएमएफले निजी क्षेत्र र विकास साझेदार निकायका प्रतिनिधिहरूसँग समेत भेटवार्ता गरेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्