Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279
प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायो अफर – साझा परिवेश
May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही

प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायो अफर

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ७, २०८० १0:४७
प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायो अफर

Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि अफर ल्याएको छ । आजदेखि सुरु भएको अफर यही फागुनको १२ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टेलिकमले साबिक बमोजिमको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा दिन लागेको हो । यस्तै, ३० दिन सम्म सो रिर्सोस चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने जनाइएको छ । यस्तै, एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको वार्षिक ‘वान टाइम’ प्याकेज र कम्बो वार्षिक ‘वान टाइम’ प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज समेत उपलब्ध गराउने कम्पनीको भनाई छ । साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिए ।

  • साझा परिवेश

  • Warning: A non-numeric value encountered in /home/sajhaparibesh.com/public_html/wp-content/plugins/nyasro-nepali-date-converter/Nyasro_NDC_Converter.php on line 238
    सोमवार, फाल्गुन ७, २०८०
    १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्