May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

उदारवादकाे जन्मदाताले नै उदारवाद मान्दैन भने नेपालले किन मान्ने : अनिल सी

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० २१:२२
उदारवादकाे जन्मदाताले नै उदारवाद मान्दैन भने नेपालले किन मान्ने : अनिल सी

झापा – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले उदारवादकाे अन्त्य नै अहिलेको सङ्कटकाे समाधान भएकाे बताएका छन् । शनिबार जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले झापाको विर्तामोडमा आयाेजना गरेकाे ‘ वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसकाे दुष्प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै अनिलले उदारवादकाे अन्त्य र समाजवादकाे स्थापना नै वर्तमान सङ्कटकाे समाधान भएकाे बताएका हुन् ।

नेपालकाे पञ्चायत सङ्कटमा परेपछि अमेरिकनलाई गुहारेर तत्कालिन अर्थमन्त्री प्रकाश चन्द्र लाेहनीले नीतिगत रूपमा देशलाई उदारवादतिर डाेर्याएका र यसकाे कार्यान्वयन वहुदलपछि नेपाली कांग्रेसका अर्थमन्त्री रामशरण महतले गरेका कारण अहिलेकाे सङ्कट आएकाे बताए ।

अमेरिकाले सुरू गरेकाे उदारवाद अहिले नमानेकाे भन्दै उनले नेपालले मानिरहन आवस्यक नभएकाे बताए । नेपालकाे विकास नहुनु र आर्थिक राजनीतिक रूपमा सङ्कट पैदा हुनु भनेकाे उदारवादकाे परिणाम हाे ।’, उनले भने, ‘अहिले भारत, अमेरिकाले उदारवाद मानिरहेको छैन । उनीहरूलाई सङ्कट पर्दा उदारवाद मान्नेहरूले सुरू गरेकाे उदारवाद हामीले किन मान्ने ? यसकाे अन्त्य किन नगर्ने ‌।’

उनले नेपालमा बजार विविधिकरण गर्दै उदारवादकाे अन्त्य गर्नुपर्ने बताए ‌‌ । ‘परनिर्भरता अर्थतन्त्रले देशमा सङ्कट पर्याे, अन्तर्राष्ट्रिय व्यापार बढाउन भारतकाे निर्भरता ताेडेर चीनका नाकाहरू खाेल्नुपर्छ।’, उनले भने, ‘त्यसका लागि नेपालले नीतिगत रूपमा पहल लिनुपर्छ । चीनबाट पशु चाैपाया खरिद गर्नका लागि कानून छैन ‌। यस्ता थुप्रै कानून बनाएर भारतकाे परनिर्भरता अन्त्य गर्नुपर्छ ।’

नेपालले श्रम र कच्चा पदार्थ बेचिरहेकाे भन्दै त्यसले देश उभाे नलाग्ने उनले बताए । ‘नेपालले देशका लागि नभई नहुने युवालाई विदेशमा बेचिरहेको छ, नेपालकाे कच्चा पदार्थकाे रुपमा रहेकाे विद्युत बेचेर धनी हुने भ्रम छर्दैछ ।’, उनले भने, ‘श्रम र कच्चापदार्थ बेच्ने कुनैपनि देश उभोँ लागेकाे इतिहास छैन । नेपाल पनि उभाे लाग्दैन ।’

कार्यक्रममा अनिल सीले ‘वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसकाे दुष्प्रभाव’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ‌‌‌‌। कार्यपत्रमा विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रमकाे अध्यक्षता जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेरबहादुर बिश्वकर्माले गरेका थिए भने सचिवालय सदस्य प्रविन अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई सचिवालय सदस्य शाेभराज वरालले स्वागत मन्तब्यमार्फत स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशब भट्टराई, महासंघका काेसी प्रदेश सदस्य तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य लिलाराज झापाली, महासंघका कोसी प्रदेश सदस्य सुरेन्द्र भण्डारी, महासंघका झापा सह-सचिव अर्जुन राजवंशी, प्रेस युनियनका काेसी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, मिडिया एक्सन नेपालका झापा अध्यक्ष नरेन्द्र ढकाल, प्रेस चाैतारीका झापा जिल्ला उपाध्यक्ष प्रदिप परियार, जिल्ला सदस्य युवराज आचार्य , फाेनिज झापाकी अध्यक्ष भूमिका सुब्वा, संचारिका समूहकी अध्यक्ष लिला अनमाेल, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन, लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा मन्तव्य राख्दै अधिकांश वक्ताहरुले आम सञ्चारमा देखा परेका समस्या, सञ्चारकर्मीहरुको अवस्था, मिडिया हाउसहरुको परिस्थिति लगायतका विषयवस्तु राखेका थिए ।

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० २१:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्