sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उदारवादकाे जन्मदाताले नै उदारवाद मान्दैन भने नेपालले किन मान्ने : अनिल सी

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० २१:२२
उदारवादकाे जन्मदाताले नै उदारवाद मान्दैन भने नेपालले किन मान्ने : अनिल सी

झापा – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले उदारवादकाे अन्त्य नै अहिलेको सङ्कटकाे समाधान भएकाे बताएका छन् । शनिबार जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले झापाको विर्तामोडमा आयाेजना गरेकाे ‘ वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसकाे दुष्प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै अनिलले उदारवादकाे अन्त्य र समाजवादकाे स्थापना नै वर्तमान सङ्कटकाे समाधान भएकाे बताएका हुन् ।

नेपालकाे पञ्चायत सङ्कटमा परेपछि अमेरिकनलाई गुहारेर तत्कालिन अर्थमन्त्री प्रकाश चन्द्र लाेहनीले नीतिगत रूपमा देशलाई उदारवादतिर डाेर्याएका र यसकाे कार्यान्वयन वहुदलपछि नेपाली कांग्रेसका अर्थमन्त्री रामशरण महतले गरेका कारण अहिलेकाे सङ्कट आएकाे बताए ।

अमेरिकाले सुरू गरेकाे उदारवाद अहिले नमानेकाे भन्दै उनले नेपालले मानिरहन आवस्यक नभएकाे बताए । नेपालकाे विकास नहुनु र आर्थिक राजनीतिक रूपमा सङ्कट पैदा हुनु भनेकाे उदारवादकाे परिणाम हाे ।’, उनले भने, ‘अहिले भारत, अमेरिकाले उदारवाद मानिरहेको छैन । उनीहरूलाई सङ्कट पर्दा उदारवाद मान्नेहरूले सुरू गरेकाे उदारवाद हामीले किन मान्ने ? यसकाे अन्त्य किन नगर्ने ‌।’

उनले नेपालमा बजार विविधिकरण गर्दै उदारवादकाे अन्त्य गर्नुपर्ने बताए ‌‌ । ‘परनिर्भरता अर्थतन्त्रले देशमा सङ्कट पर्याे, अन्तर्राष्ट्रिय व्यापार बढाउन भारतकाे निर्भरता ताेडेर चीनका नाकाहरू खाेल्नुपर्छ।’, उनले भने, ‘त्यसका लागि नेपालले नीतिगत रूपमा पहल लिनुपर्छ । चीनबाट पशु चाैपाया खरिद गर्नका लागि कानून छैन ‌। यस्ता थुप्रै कानून बनाएर भारतकाे परनिर्भरता अन्त्य गर्नुपर्छ ।’

नेपालले श्रम र कच्चा पदार्थ बेचिरहेकाे भन्दै त्यसले देश उभाे नलाग्ने उनले बताए । ‘नेपालले देशका लागि नभई नहुने युवालाई विदेशमा बेचिरहेको छ, नेपालकाे कच्चा पदार्थकाे रुपमा रहेकाे विद्युत बेचेर धनी हुने भ्रम छर्दैछ ।’, उनले भने, ‘श्रम र कच्चापदार्थ बेच्ने कुनैपनि देश उभोँ लागेकाे इतिहास छैन । नेपाल पनि उभाे लाग्दैन ।’

कार्यक्रममा अनिल सीले ‘वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसकाे दुष्प्रभाव’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ‌‌‌‌। कार्यपत्रमा विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रमकाे अध्यक्षता जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेरबहादुर बिश्वकर्माले गरेका थिए भने सचिवालय सदस्य प्रविन अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई सचिवालय सदस्य शाेभराज वरालले स्वागत मन्तब्यमार्फत स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशब भट्टराई, महासंघका काेसी प्रदेश सदस्य तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य लिलाराज झापाली, महासंघका कोसी प्रदेश सदस्य सुरेन्द्र भण्डारी, महासंघका झापा सह-सचिव अर्जुन राजवंशी, प्रेस युनियनका काेसी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, मिडिया एक्सन नेपालका झापा अध्यक्ष नरेन्द्र ढकाल, प्रेस चाैतारीका झापा जिल्ला उपाध्यक्ष प्रदिप परियार, जिल्ला सदस्य युवराज आचार्य , फाेनिज झापाकी अध्यक्ष भूमिका सुब्वा, संचारिका समूहकी अध्यक्ष लिला अनमाेल, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन, लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा मन्तव्य राख्दै अधिकांश वक्ताहरुले आम सञ्चारमा देखा परेका समस्या, सञ्चारकर्मीहरुको अवस्था, मिडिया हाउसहरुको परिस्थिति लगायतका विषयवस्तु राखेका थिए ।

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० २१:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid