May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

एसिसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० १७:५0
एसिसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा

काठमाडौं । चैत ३० देखि ओमानमा हुने एसिसी प्रिमियर कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन् । उक्त प्रतियोगिता खेलेका आकाश चन्द भने टोलीमा अटाएका छैनन् ।

प्रतियोगिताको नेपाल समूह ‘ए’ हङकङ, मलेसिया, कतार र साउदी अरेबिया तथा समूह ‘बी’ मा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। नेपालले चैत ३० गते मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले कतारसँग बैशाख १ , हङकङसँग वैशाख ३ र अरेबियासँग वैशाख ५ मा प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेता सन् २०२५ मा हुने एसिया कपमा छानिने छ । यसैगरी शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसी, विवेक यादव, अविनास बोहरा, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० १७:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।