September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

आज १८औँ लोकतन्त्र दिवस मनाइँदै

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ १0:५४
आज १८औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको १८औँ वर्ष पूरा भएको छ । लोकतन्त्र स्थापनाको दिनलाई आधार मानेर हरेक वर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ । मंगलबार १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२’६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिकासामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

२०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०६३ वैशाख ११ गते पुनस्र्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

०६२÷०६३ को जनआन्दोलनले बनाएको मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । त्यही घोषणालाई आधार मान्दै लोकतन्त्र दिवस मनाउन थालिएको हो । त्यसैको जगमा संविधानसभाको गठन भई नयाँ संविधान जारी भएर मुलुक यहाँसम्म अघि बढेको हो ।

लोकतन्त्र स्थापनाको १८ वर्षसम्म पनि जनताका अपेक्षा भने पूरा हुन सकेका छैनन् । जहाँनियाँ शासनबाट मुक्ति मिलेपनि जनतामा निराशा निरन्तर कायम छ । सरकार गठन र विघटनका श्रृंखला तथा भ्रष्टाचारका काण्डले जनतामा शासन व्यवस्थाप्रति असन्तुष्टि चुलिएको छ ।

सुरुवातमा लोकतन्त्र दिवसमा सरकारले सार्वजनिक विदा नै दिने गरेको थियो भने विशेष उत्सवकारुपमा मनाउने गरिएको थियो । तर पछि गणतन्त्र दिवसलाई विशेषरुपमा मनाउने अभ्यास सुरु भएपछि लोकतन्त्र दिवस ओझेलमा प¥यो । यो वर्ष भने कतारी अमिरको नेपाल भ्रमणका कारण सरकारले मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्